गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचार, स्वास्थ्यभूकम्पका कारण तीजमा सुनसान भए माइतीघर

भूकम्पका कारण तीजमा सुनसान भए माइतीघर

September 17, 2015३२१ पटक

३१ भदौ, सिन्धुपाल्चोक । भूकम्पमा परी आमाबुबा, बुहारी र भदैको एकैठाउँमा ज्यान गएपछि चौताराकी इन्दिरा अधिकारीको माइती सुनसान छ । पहिरोमुनिको माइतीघर ढुंगनडाँडाबाट विस्थापित भएका उनका चारै भाई राजधानी काठमाडौंमा मजदुरी गरेर बसेका छन् ।
आमाबुबा नहुँदा तीजमा उनका दिनरात रोएरै बितेको छन् । भूकम्पको महाविपत्तिबाट बाँच्न सफल भएका भाइहरुको यादले उनलाई पिरोल्छ । ‘माइतीको माया संसारमै सबैभन्दा बढी हुँदो रहेछ । रातदिन रोएरै कति बस्ने ? भाइहरु भेटेर मन शीतल बनाउन काठमाडौं जान लागेकी हुँ,’ बस चढ्न बसपार्क पुगेकी उनले भनिन् ।

भूकम्पले कतिपय चेलीको माइतीघर पूर्णरुपमा समाप्त पारिदिएको छ । कोहीको माइतीगाउँ नै विस्थापित भएको छ । कति महिलाका श्रीमान र छोराछोरीको ज्यान गएको छ । यसपालिको तीजमा महिला खुसुी नभएको नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण