गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार४ गते तीन दलले संयुक्त र्‍याली र सभा गर्ने

४ गते तीन दलले संयुक्त र्‍याली र सभा गर्ने

September 17, 2015१९२ पटक

एमाओवादीका महासचिव कृष्णबहादुर महराले संयुक्त सभा गर्नेबारे तीन दलमा सहमति भएको बताए । संविधान निर्माणलाई तीनै दलले राष्ट्रिय विजयका रुपमा व्याख्या गरेका छन् । ‘तीन दलका बीच सहमति भएको छ, अरु दल पनि यसमा थपिन सक्छन्,’ महराले भने ।

नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटाैलाले तीन दलले संयुक्त र्‍याली र सभा गर्ने तयारी भइरहेको बताए । ‘सभाको समय र स्थान टुंगो लाग्न बाँकी छ,’ उनले भने ।

यसअघि तीन दलको बैठकले संयुक्त सभाबारे टुंगो लगाउने जिम्मा कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका भीम रावल र महरालाई जिम्मा दिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण