गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारसंविधानविरुद्ध मोहन वैद्य र उपेन्द्र यादवको मोर्चाबन्दी

संविधानविरुद्ध मोहन वैद्य र उपेन्द्र यादवको मोर्चाबन्दी

September 17, 2015१९० पटक

३१ भदौ, काठमाडौं । उपेन्द्र यादवसहितको संघीय गठबन्धन र मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा फेरि एक ठाउँमा उभिएका छन् ।

संघीय गठबन्धन, ३३ दलीय मोर्चा, राष्ट्रिय दलित मुक्ति आन्दोलन र समृद्ध मधेस नागरिक अभियानले कार्यगत एकता गर्दै आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले नयाँ संविधान घोषणा हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने निर्णय गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले कालो झण्डासहित विरोध प्रदर्शन र आम हडतालसमेत गर्ने तथा असोज ४ गते देशव्यापी संविधान जलाउने निर्णय गरेको छ ।onlinekhabar.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण