गच्छदारको प्रश्नमा ओलीले भने- प्रश्नबाचक चिन्ह हटाउनुस्
मधेस आन्दोलनका उचित माग सम्वोधन हुने
नयाँ संविधान जारी भएको खुसियालीमा विहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा आयोजित चियापान कार्यक्रममा ओलीले हिंसालाई स्थान छैन भन्ने कुरा जनताले बुझेको भन्दै नयाँ संविधानलाई सबैले आत्मसाथ गर्ने बताए ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई संविधान जारी गर्ने बेलासम्म सहमतिमा ल्याउनु हुन्छ ? भन्ने अनलाइनखबरको जिज्ञासामा ओलीले भने, ‘तपाईंको प्रश्नबाट प्रश्नबाचक चिन्ह हटाउनुस् । कुरो बुझ्नुस् ।’
शीर्ष नेताको बैठक बालुवाटारमा
गच्छदारलाई सहमतिमा ल्याउन प्रमुख दलका नेताहरुले छुट्टा छुट्टै छलफल गर्दै आएका छन् । विहीबार विहानैदेखि पनि छलफल जारी छ । छुट्टा छुट्टै छलफल पछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक जारी छ ।
ओलीलाई विहीबार बिभिन्न देशका राजदूतहरुले समेत भेटेका छन् । सो भेटबारे सोधिएको एक प्रश्नमा ओलीले भने, ‘कुनै व्यक्तिको कुरातर्फ म जान्न छिमेकी र सबै अन्तराष्ट्रिय समुदायले संविधान पारित भएकोमा खुसीका साथ स्वागत गरेका छन् र बधाइ दिएका छन् ।’ onlinekhabar