भीरबाट लडेकी एक महीलाको मृत्यु ।।
अछाम
उपचारका लागि बाहिर रिफर गरिए पनि उपचारमा ढिलाई भएका कारण भीरबाट लडेकी एक महीलाको न्याय हेल्थ बयलपाटा अस्पतालमा मृत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्वर १० जुपुका २४ बर्षिया गोमा कडायत नजिकैको भीर बाट लडेर सख्त घाईते भएपछि उपचारका लागी बयलपाटा पुर्याईएको थियो । उपचार जिल्लामा असम्भव भएपछि बेलैमा बाहीर पुर्याउन नसक्दा मृत्यु भएको हो । कडायतको वयालपाटा अस्पतालमा उपचारको क्रममा हिजो मृत्यु भएको न्याय हेल्थ बयलपाटा अस्पतालका मेडीकल निर्देशक बिकास गौचनले बताउनुभयो ।