गृहपृष्ठ » मनोरञ्जनअनमोलको स्पष्टिकरण-‘म ‘होस्टेल रिटर्न्स’मा छैन, तर शुभकामना छ’

अनमोलको स्पष्टिकरण-‘म ‘होस्टेल रिटर्न्स’मा छैन, तर शुभकामना छ’

August 6, 2015२८२ पटक

फाइल फोटो

फाइल फोटो
कहिलकाही चलचित्रमा अभिनय नगर्दा पनि कलाकारलाई स्पष्टिकरण दिनुपर्ने अवस्था आउँछ । चलचित्र ‘होस्टेल’का नायक अनमोल केसीलाई अहिले यस्तै भएको छ ।

चलचित्र ‘होस्टेल रिटर्न्स’मा नभएपनि उनका फ्यानले धेरै नै जिज्ञासा राखेपछि उनले स्पष्टिकरण दिएका छन् । अनमोलले अनलाइनखबरसँग भने-‘धेरै मेरा फ्यान म ‘होस्टेल रिटर्न्स’मा छु भन्ने भ्रममा हुनुहुन्छ । उहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु कि म चलचित्रमा छैन । तर, यो चलचित्रका लागि मेरो शुभकामना धेरै छ ।’

उनले आफ्नो नयाँ प्रोजेक्ट चलचित्र ‘ड्रिम्स’ मात्र भएको स्पष्ट पारेका छन् । चलचित्र ‘होस्टेल रिटन्र्स’का नायक सुशिल श्रेष्ठ झट्ट हेर्दा आफू जस्तै देखिनुले पनि फ्यानहरुमा आफू रहेको पर्न गएको अनमोलको भनाई छ ।

उनले केही समय अगाडि सार्वजनिक भएको ‘होस्टेल रिटर्न्स’लाई अनमोलको साथ भन्ने समाचारका बारेमा पनि अनलाइनखबरलाई स्पष्टिकरण दिएका छन् । उनले चलचित्रलाई आफूले साथ दिन भन्दा पनि निर्माता सुनिल रावलले चलचित्र ‘सायद २’का लागि कुरा गर्न बोलाएकाले गएको बताए ।

अनमोलले दोहोर्‍याए-‘म ‘होस्टेल रिटर्न्स’मा छैन, यसैले नझुक्किन दर्शक र मेरा फ्यानलाई आग्रह गर्छु ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण