गृहपृष्ठ » मुख्य समाचार, साहित्यहरितालिका तीज आज ऋषिपञ्चमीको पूजा गरी सकिदै ।।

हरितालिका तीज आज ऋषिपञ्चमीको पूजा गरी सकिदै ।।

September 18, 2015४३७ पटक

 

 

 

हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज आज ऋषिपञ्चमीको पूजा गरी सकिदै छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ । संस्कृतिविद् हरिराम जोशीका अनुसार तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको छ । यस दिन टिस्टुङ, टेकु, काठमाडौंको कोटेश्वरलगायतका ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने गर्छ । ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने प्रचलन छ । ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण