गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारतीन दल र फोरम नेपाल लोकतान्त्रिकबीच आज पनि छलफल ।।

तीन दल र फोरम नेपाल लोकतान्त्रिकबीच आज पनि छलफल ।।

September 18, 2015१८२ पटक

प्रमुख तीन दल र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक बीच आज पनि छलफल हुने भएको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कतिपय विषयमा हिजो छलफल भए पनि सहमति नभएकाले आज फेरि बैठक बस्ने जानकारी दिनुभयो । हिजो प्रधानमन्त्री निवास, बालुवाटारमा राति अबेरसम्म भएको छलफल बिनासहमति टुङ्गिएको थियो । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले समानुपातिक समावेशितालगायत माग सम्बोधन गर्ने, सीमाङ्कनका विषयमा देखिएको मुख्य विवादलाई सङ्घीय आयोगमार्फत टुङ्ग्याउने, हाल कायम रहेका ७५ जिल्लालाई एक एक निर्वाचन क्षेत्र मान्ने तथा जनसङ्ख्याका आधारमा बाँकी निर्वाचन क्षेत्र राख्नेसम्बन्धी प्रस्ताव तीन दलका तर्फबाट फोरम लोकतान्त्रिक समक्ष राखिए पनि सहमति हुन नसकेको बताउनुभयो । संविधानका विषयवस्तुमा असन्तुष्ट भई प्रक्रियाबाट बाहिरेको फोरम लोकतान्त्रिक लाई पुनः प्रक्रियामा ल्याउनेबारे दलहरुले आज पनि छलफल गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण