गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति‘संविधानको ढोका खोलें तर बाहिरै परें’

‘संविधानको ढोका खोलें तर बाहिरै परें’

September 19, 2015२०९ पटक

२ असोज, काठमाडौं । सहमति बिथोलिएपछि तीन दलका शीर्ष नेताहरूसँग फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले शुक्रबार बिहान भावुक हुँदै एउटा प्रश्न गरेका थिए, ‘१६ बुँदे गरेर मैले संविधान लेखनको ढोका खोलिदिएँ तर तपाईंहरूले त्यो ढोका म पनि भित्र पस्न नसक्ने गरी बन्द गरिदिनुभयो। यसको परिणाम सुखद हुँदैन।’

१६ बुँदेको वातावरण बनाएर संविधान निर्माणमा कांग्रेस, एमाले र एमाओवादीलाई एकै ठाउँ ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गच्छदारलाई संविधान जारी गर्ने अन्तिम क्षणसम्म पनि प्रक्रियाबाट बाहिर जाने इच्छा थिएन । ‘तीन दलको संकीर्णताका कारण इच्छा नहुँदानहुँदै पनि प्रक्रियाबाट बाहिरिनुपर्‍यो,’ गच्छदारले भने, ‘अनेक आरोप र आशंका सहेर पनि संविधान ल्याउनुपर्छ भनेर सुरुदेखि लाग्ने मानिस म हुँ तर आज संविधान निर्माणमा बाहिर बस्नुपर्दा दुःख लागेको छ, बाहिर बस्न बाध्य पार्ने काम तीन दलले गरेका छन् ।’

गच्छदारले भावुक हुँदै भने, ‘मैले १६ बुँदे गराएर जग हालें तर घर बन्ने भएपछि तीन दलले मलाई पनि बाहिर पठाएर ढोका बन्द गरे ।’ ‘तराई-मधेस’ शब्द राख्न तीन दलले नमानेपछि भइसकेको सहमति बिथोलिएको गच्छदारले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण