गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनेपालले भने, ‘थारुलाई छुट्टै प्रदेश दिँदा लिम्बु र मगरलाईचाहि दिनुपर्दैन ?’

नेपालले भने, ‘थारुलाई छुट्टै प्रदेश दिँदा लिम्बु र मगरलाईचाहि दिनुपर्दैन ?’

September 19, 2015२२० पटक

काठमाण्डु, २ असोज-नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तराईलाई पहाड र हिमालबाट अलग गर्नुपर्छ भन्ने मागलाई कुनै पनि हालतमा सम्बोधन गर्न नसकिने बताएका छन् ।

madhav

एमाले सिन्धुली–काठमाण्डु सम्पर्क मञ्चको नवौँ सम्मेलनको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उनले कुनै जाति र क्षेत्र विशेषका लागि प्रदेश विभाजन गर्न नहुनेमा जोड दिँदै थारु र मधेसीलाई छुट्टै राज्य दिन थाले अन्य जातजातिलाई अन्याय हुने र उनीहरु समेत आन्दोलित हुने बताए ।

 

उनले भने, ‘थारुलाई छुट्टै प्रदेश दिँदा भोलि लिम्बूवान र मगरातलाई पनि प्रदेश चाहिएला । के त्यो दिन सकिन्छ ? आन्दोलनकारीले उठाएका विषयमा दलहरु संवेदनशील हुनुपर्ने विचार व्यक्त गर्दै उनले उनीहरुका मागलाई आयोग बनाएर वैज्ञानिक ढङ्गले समाधान खोज्नुपर्ने सुझाव दिए ।

 

उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विकासमा योगदान पु¥याएका विभिन्न सञ्चार माध्यमका चार पत्रकारलाई सम्मान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण