गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसुशील, ओली र प्रचण्डले पत्रकार सम्मेलनमार्फत बोलाए मधेसी

सुशील, ओली र प्रचण्डले पत्रकार सम्मेलनमार्फत बोलाए मधेसी

September 19, 2015२०२ पटक

काठमाण्डु, २ असोज– प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीले संविधान निर्माण प्रक्रिया बहिस्कार गरेका असन्तुष्ट मधेस केन्द्रित दललाई आइतबार हुने संविधान घोषणा समारोहमा सरिक हुन आग्रह गरेका छन् ।

sushil_prachanda_Oli1-650x420

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पत्रकार सम्मेलन गरी काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रक्रियामा सहभागी हुन असन्तुष्ट दललाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री कोइरालाले वार्ताबाटै सबै समस्याको समाधान गर्न सकिने भन्दै संवादको प्रक्रियामा आउन असन्तुष्टलाई अपिल गरे । उनले नयाँ संविधानले सबैको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै आइतबार सबै मिलेर उत्सव मनाउनुपर्ने बताए ।

एमाले अक्ष्यक्ष ओलीले सबैले अपनत्व महसुस गर्न सक्ने संविधान बनेको भन्दै असन्तुष्टि जनाउनुपर्ने कारण नरहेको जनाए । उनले संविधानले सामाजिक न्यायको प्रत्याभूति गरेकाले असन्तुष्टिको अर्थ नरहेको जिकिर गरे । ओलीले संविधानले नेपालमा सामाजिक सदभाव र राष्ट्रिय एकताको मार्ग प्रसस्त गरेको बताए ।

उनले सिमांकनमा रहेको असहमति वार्तामार्फत टुंगो लगाउन सकिने भन्दै वार्तामा आउन असन्तुष्ट दललाई अपिल गरे । संविधान संशोधनमार्फत असन्तुष्टि सम्बोधन गर्ने विकल्प खुला रहेको चर्चा गर्दै ओलीले घोषणा नहुँदै संविधान संशोधनको सहमति भने हुन नसक्ने प्रष्ट्याए ।

एमाओवादी अध्यक्ष प्रचण्डले संविधानमा मधेसले सबैभन्दा बढी अधिकार पाएको बताए ।

उनले समावेशी समानुपातिक प्रतिनिधित्व, नागरिकता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम हुनुपर्ने जस्ता मधेसी दलका महत्वपूर्ण माग संविधानमा समेटिएको उल्लेख गरे ।

सिमांकनमा रहेको असहमतिको टुंगो संघीय आयोगमार्फत लगाउन सकिने सुझाए । उनले सामान्य मतभेदलाई कारण बनाएर संविधान निर्माण प्रक्रियाबाट बाहिर रहनु तर्कसंगत नरहेको उल्लेख गरे ।kathmandutoday.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण