गृहपृष्ठ » मुख्य समाचार, विशेष, स्वास्थ्यबाबुराम घुमे ‘धुर्मुस–सुन्तली गाउँ’ (फोटो फिचर)

बाबुराम घुमे ‘धुर्मुस–सुन्तली गाउँ’ (फोटो फिचर)

September 19, 2015३२६ पटक

काठमाडाैं–पूर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माअोवादी नेता बाबुराम भट्टराईले हास्य कलाकार धुर्मुस र सुन्तलीको अगुवाइमा भूकम्प पीडितका लागि निर्मित एकीकृत नमूना बस्ती अवलोकन गरेका छन्। धुर्मुस र सुन्तलीसहित शुक्रबार काभ्रेको पाँचखाल नगरपालिका–१६ पहरीगाउँमा निर्मित नमुना बस्तीमा पुगेका उनले राष्ट्र निर्माणमा कलाकारको यस्तो योगदानले गाैरव महसुस भएको बताए। उनले धुर्मुस–सुन्तली जोडीले नमूना काम गरेर राष्ट्रिय चिन्तन गर्ने कलाकारको पहिचान बनाएको भन्दै बधाइ दिए।

IMG 0106
‘सरकारले गर्नुपर्ने काम तपाँइहरूले गरेर देखाउनु भयो’, उनले भने ‘यही एकीकृत बस्तीको मोडललाइ सरकारले पनि लागू गर्न सक्नुपर्छ।’ उनले अब संविधान निर्माणको काम पुरा भएको भन्दै अब नवनिर्माण र पुनर्निर्माणमा जोड दिनुपर्ने बताए। बस्ती अवलोकन पछि भट्टराई नमुना बस्तीमा खाना खाएर फर्किए।

मेरी बास्सै, भद्रगोल र सगुन डटकमको अगुवाइमा पाँचखाल–१६ पहरीगाउँमा एकीकृत नमुना बस्ती निर्माण गरिएको हो। भूकम्पीय जोखिममुक्त एकैनासका घरहरू रहेको बस्तीमा शौचालय, बिजुली, पानी, अाकर्षक बगैँचा, व्यवसायिक तरकारी खेतीको प्रबन्ध मिलाइएको छ। भूकम्प पीडित परिवारका लागि ३ कोठाका २० वटा घर बनाइएको छ। बस्तीमा ५ वटा बायोग्यास प्लान्ट पनि जडान गरी सबै घरमा बिजुली बत्तीको व्यवस्था मिलाइएको कलाकार धुर्मुसले बताए।

तस्विरमा हेराैं धुर्मुस–सुन्तली एकीकृत नमुना बस्तीः

IMG 0049

नमुना वस्तीमा कलाकार जोडी धुर्मुस र सुन्तली।IMG 0002

 

IMG 0028

IMG 0037

सुन्तलीलाई स्वागत गर्दै स्थानीय।IMG 0063

IMG 9881

IMG 9899

स्थानीयसँग प्रतिकृया लिदै भट्टराई।IMG 9923

 

IMG 9933IMG 9941

नमुना घरहरू।

IMG 9937IMG 9948IMG 9951IMG 9965

वस्तीकोबारेमा जानकारी दिदै कलाकार धुर्मुस।

IMG 9978

व्यवसायिक तरकारी खेती अवलोकन गर्दै।

IMG 9981IMG 9995
– source =nagariknews.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण