गृहपृष्ठ » मनोरञ्जनदीपिकाको यस्तो व्यवहारले रिसाए साहरुख

दीपिकाको यस्तो व्यवहारले रिसाए साहरुख

August 6, 2015२९२ पटक

deepika-and-srk
नायिका दीपिका पादुकोणको चर्चा बलिउडमा अहिले जती छ, त्यसको पछाडि बलिउड वादशाह साहरुख खानको ठूलो हात छ । साहरुखले नै उनलाई बलिउडमा डेब्यू गराएका थिए र लगातार हिट चलचित्रमा काम पनि गराइरहेका छन् ।

दीपिका साहरुखकी मनपर्ने नायिका पनि हुन् । तर, दीपिकाको एक क्रियाकलापले साहरुख उनीसँग रिसाएका छन् । साहरुख खानको निर्माण तथा अभिनय रहेको चलचित्र ‘दिलवाले’ डिसेम्बर १८ मा चल्दैछ । यस्तै, संजयलिला भन्सालीको निर्देशन तथा निर्माणमा बनेको चलचित्र ‘बाजिराओ मस्तानी’ पनि यही मितिमा चल्दैछ । यो चलचित्रमा दीपिका पादुकोण मुख्य नायिकामा छिन् ।

सामाजिक संजाल ट्विटरमा दीपिकाले ‘प्रतिस्पर्धा स्विकार छ’ भनेरे लेखेपछि साहरुख खान उनीसँग रिसाएका हुन् । साहरुखले आजसम्म यो भिडन्तको बिषयमा केही पनि बोलेका छैनन् । तर, आफैले बलिउडमा ल्याएर स्थापित गरिदिएकी नायिकाले नै यस्तो भनेपछि साहरुखको चित्त दुखेको हो । उनले दीपिकाको व्यवहारले चित्त दुखाएको खबर सार्वजनिक भएको छ ।

दीपिकाले साहरुख खान आफ्ना कारणले निराश भएको थाहा पाएपछि कमेन्ट त हटाएकी छिन् । तर, पनि यो भिडन्तले साहरुख र दीपिकाविच चिसोपना ल्याउन सक्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण