गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिसंविधान जारी गर्न तीन घेरमा सुरक्षा

संविधान जारी गर्न तीन घेरमा सुरक्षा

September 20, 2015२४७ पटक

BICC-Nepal

३ असोज, काठमाडौं । संविधान जारी गर्ने दिन कुनै अपि्रय घटना हुन नदिन आइतबार काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । विशेष गरी संविधानसभा भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

संविधानसभामा राखिएको सीसीटीभीको निगरानीलाई चुस्त बनाइएको छ । सुरक्षालाई ध्यानमा राखेर एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिने गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

शनिबारदेखि भारतीय सीमा क्षेत्रमा सुरक्षा जाँच कडा पारिएको छ भने उपत्यका भित्रिने नाकामा समेत निगरानी बढाइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण