गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारमृतकका परिवारलाई किरियाखर्चको संकट

मृतकका परिवारलाई किरियाखर्चको संकट

September 20, 2015२९४ पटक

jaleshwor

३ असोज, जनकपुर । सीमांकको विरोधमा मधेसी मोर्चाले थालेको आन्दोलनका क्रममा महोत्तरी सदरमुकाम जलेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका अमित कापरको परिवार अहिले छोराको किरियाखर्च जुटाउनसमेत असमर्थ छ ।

जलेश्वर नगरपालिका १४ बखरीका २२ वर्षका अमित परिवारमा एक्लो कमाउने व्यक्ति थिए । विपन्न परिवारका अमितको बिहे सानै उमेरमा भएको थियो । बिहे भएकै वर्ष छोरा जन्मेपछि परिवारको खर्चको जोहो गर्न उनी ऋण काढेर खाडी मुलुक गएका थिए । त्यहाँ एक वर्ष काम गरेपछि उनी घर फर्किएका थिए । विदेशमा कमाएको रकम ऋणको व्याज तिर्नमै गयो । ऋण तिर्न अझै बाँकी रहेको आमा चन्द्रकलाले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

मेहनती स्वभावका अमितले गाउँमै मजदुरी गरेर ऋण तिर्ने निर्णय गरी ज्यालादारी रुपमा ट्याक्टर चलाएर ढुवानीको काम गर्ने गरेका थिए । उनी बुधबार जलेश्वरमा मोर्चाको जुलुसमा सहभागी हुन गए । झडपमा प्रहरीको गोली लागेर उनको मृत्यु भयो । उनको मृत्युपछि बुढी आमा चन्द्रकला, पत्नी गुडिया र चार वर्षका छोरा अमनको बिजोग भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण