गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्यप्रहरी बिटमा बम बिष्फोट

प्रहरी बिटमा बम बिष्फोट

September 20, 2015३४२ पटक

दाङ- देउखुरीस्थित एक अस्थायी प्रहरी चौकी रहेको घरमा बम बिष्फोट भएको छ। लमही नगरपालीका वडा नं. १ नर्तीमा रहेको नेपाल प्रहरीको अस्थाई पोष्टमा शनिबार राति शिलिण्डर बम विष्फोट भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

घटनास्थलमा सिलिण्डरका टुक्राटाक्री संगै टायर र बोराका टुक्रा फेला परेका छन्। बिष्फोटनबाट मानवीय क्षति भएको छैन। अस्थायी प्रहरी पोष्ट रहेको घर चर्कीएको छ भने छिमेकी शिवा शर्मा पोख्रेलको घरमा आंशिक क्षति पुगेको छ।

राति करिब साढे १ बजे बम पड्किएको ठूलो आवाज सुनिएको थियो। बमको टुक्राहरु पाँच सय मिटरसम्म पुगेको स्थानीयले बताए।

वडा प्रहरी कार्यालय लमहीको मातहतमा रहने गरी २०७१ सालमा नर्तीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको थियो। ऋषिराम पोख्रेलको घर भाडामा लिएर प्रहरी पोष्ट स्थापना गरिएको र बम विस्पोटका कारण घरको भित्ता चर्किएको छ। तराईमा जारी आन्दोलनको असुरक्षाका कारण उक्त चौकीलाई मर्ज गरिएको थियो। ‘त्यहाँ खाली घरमा भाडामा चौकी थियो,’ वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले भने, ‘असुरक्षाका कारण त्यो चौकीलाई केही दिन अघिमात्रै मर्ज गरेका थियौं।’

वम विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। प्रहरीले घटनाबारे अनुसनधान भैरहेको जनाएको छ।

यस्तै बन्द अवज्ञा गरेको भन्दै देउखुरीमा एक मोटरसाइकलमा आगजनी गरिएको छ। थरुहट/थारुवान संयुक्त संघर्ष समितिका कार्यर्ताहरुले शनिबार राति देउखुरीको बलरामपुर नजिकै होण्डा युनिकन अनटेस्ट मोटरसाइकलमा आगजनी गरेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। राति करिब दुई बजे बन्दकर्ताहरुले मोटरसाइकल नियन्त्रणमा लिएर आगो लगाएका थिए। लगत्तै पुगेको प्रहरीले मोटरसाइकलमा लगाइएको आगो नियन्त्रणमा लिएको प्रहरी प्रमुख लक्षमणबबहादुर शाहीले जानकारी दिए। आगजनीवाट मोटरसाइकलमा आंशिक क्षति पुगेको छ। यसैबीच पूर्वपश्चिम महेन्द्र राजमार्गमा गुडिरहेको बसमा ढुङ्गा प्रहार गर्ने शंकास्पद दुई जना ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच विभिन्न राजनीतिक दल तथा जातीय संगठनहरुले गरेको बन्दका कारण दाङको जनजीवन आइतबार बिहानै देखि प्रभावित बनेको छ। बिहानैदेखि दाङमा यातायातका साधन चलेका छैनन् भने बजारसमेत ठप्प छन्।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण