विप्लवका बन्दकर्ताले रत्नपार्कमा बस जलाए
काठमाडौं, ३ असोज । बन्दको अवज्ञा गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादीका बन्दकर्ताले काठमाडौंमा बस जलाएका छन् ।
दक्षिणकालीबाट यात्रु लिएर आएको बा ३ ख २९०९ नम्बरको बसले काठमाडौंको पुरानो बसपार्कमा यात्रुहरु ओरालिरहेको बेला बन्दकर्ताहरुले आगजनी गरेका हुन् । आगजनीका कारण बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगजनीपछि बन्दकर्ता फरार भएका छन् । उनीहरुको प्रहरीले खोजी गरिरहेको छ ।