गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, राजनीति, समचारभैरहवामा पञ्चेबाजा बजाएर नयाँ संविधानको स्वागत, गाउँगाउँमा मोर्चाको विरोध

भैरहवामा पञ्चेबाजा बजाएर नयाँ संविधानको स्वागत, गाउँगाउँमा मोर्चाको विरोध

September 20, 2015५०० पटक

g'jfsf]6sf] tf?sfdf blntx?nfO{ k~r]afhfsf ;fdu|L k|fKt u/]kl5 afhf ahfpb} . n3'pBd ljsf; sfo{qmd d]8]k / ;fd'bflos tyf Joj;flos ljsf; k|a4{g ;dfhn] k~r]afhf lbPsf] xf] . t:jL/M gjbLk >]i7÷/f;;– नरेश केसी
भैरहवा, ३ असोज । नेपालको संविधान २०७२ को आज सांझ ५ बजे विशिष्ट समारोहकाबीच नेपालका राष्ट्राध्यक्ष सम्माननीय राष्ट्रपति डा. रामबरण यादवले जारी गर्दैछन् ।

काठमाण्डौंको वानेश्वर स्थित संविधानसभाको हलमा आयोजित विशेष भब्य समारोहकाबीच राष्ट्रपतिले जारी गर्ने नेपालको संविधान २०७२ को स्वागतार्थ सो हलमा नेपालका सरकार प्रमुख, सभामुख, राजनैतिक दल, संवैधानिक निकाय, सभासद, कुटनितीक नियोगका प्रमुख, मुख्य सचिव, सचिवहरु, सुरक्षाका प्रमुख, नागरिक समाजका अगुवा, विशिष्ट पाहुना तथा पुर्व सभासद लगायतका भिभिआइपी र भिआइपीहरुको उपस्थिीति रहने कार्यक्रम छ ।

यता सरकार र राजनैतिक दलहरुले सार्वजनिक रुपमा आहवन गरेर देशभरी आइतबार सांझ ५ बजेदेखी दीप प्रज्जवलन र आतसबाजी गर्न आग्रह गरेका छन् । संविधान प्राप्तीको खुसीमा जनताहरुले स्वर्तस्फूर्त रुपमा देशैभरी स्वागत रयाली र दीप प्रज्जवलन गर्ने तयारी गरिरहदा यो संविधानबाट बेखुस रहेका राजनैतिक दल भने यसको विरोधमा उत्रीएका छन् ।

आज जारी हुने संविधानको विरोध गर्दै वैद्य , विप्लप माओवादी नेतृत्वले गरेको नेपाल बन्द र संयुक्त मधेसी मोर्चा तथा थरुहट संघर्ष समितीले गरेको ३५ दिनदेखीको अनिश्चितकालिन तराई मधेस बन्दकोबीच तराईका जनताले कसरी संविधानको स्वागत गर्लान त भन्ने धेरैको कौतुहुलता छ ।

पश्चिम तराई विगत ३५ दिनदेखी ठप्प छ । पश्चिम तराईको केन्द्र भैरहवामा संयुक्त मधेसी मोर्चाले गरेको बन्द र आमहड्तालको कारण यहां सुनसान छाएको छ । स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरि भैरहवा बुटवल यातयात सेवा सन्चालन गरेको भएपनि आज बैद्य र विप्लप माओवादीले गरेको बन्दको कारण पुरै यातयात ठप्प छ । गत भदौं ३ गते यता भएको हिंसात्मक आन्दोलनमा परी रुपन्देहीको भैरहवा र बेथरीमा गरी ९ ज्यान गुमाईसकेका छन् । संयुक्त मधेसी मोर्चाले आजको दिनलाई कालोदिनको रुपमा अंगिकार गर्दै जिल्लाको मर्चवार , लुम्बिनी, धकधई, बेथरी क्षेत्रमा कालो झण्डा गाड्ने काम गरिरहेको छ ।

यद्यपी भैरहवा बुटवलमा भने नयां संविधानको स्वागातार्थ भब्य तयारी भइरहेको छ । नेपालको संविधान २०७२ लाई स्वागत गर्नकोलागी शनिवारदेखी नै यस क्षेत्रका संघसंस्था तथा निकायहरु तयारीमा जुटेका छन् । कांग्रेस एमाले र एमाओवादीले केन्द्रिय सर्कुलर नै जारी गरेर आफ्ना मातहतका कमिटीलाई शनिवारदेखी नै नयां संविधानको स्वागतार्थ तयारी गर्न निर्देशन दिएको बुझिएको छ । नेकपा एमाले नगर सिद्धार्थ नगरकमिटीका सचिव थानेश्वर पौडेलले नगरका १३ वटै वार्डमा आइतबार सांझ दीपप्रज्जवलन कार्यक्रम राखिएको जनाए । एमाओवादी क्षेत्रीय संयोजक चोपलाल आचार्यले केन्द्रको सर्कुलर अनुसार जिल्लाभरी नै दीप प्रज्जवलन को तयारी भब्य रुपमा भईरहेको जनाए । यसैगरी कांग्रेस, राप्रपा, राजमो लगायतका दललले पनि आज सांझ जिल्लाका विभिन्न ठाऊमा दीप प्रज्जवलन गर्ने कार्यक्रम तय गरेका छन् ।

यता नेपाल भारत सीमा क्षेत्र बेलहियाका बासिन्दाले नेपालको संविधान २०७२ लाई पन्जेबाजा सहित स्वागत गर्ने भएका छन् । बेलहिया गाऊसमाजका पदाधिकारीले आज सांझ ५ बजे सीमावर्ति क्षेत्रमा संविधान प्राप्तीको खुसीयालीमा पन्जेबाजा बजाएर बृहत नाचगानको गर्दै नयां संविधानलाई स्वागत गर्ने तयारी गरेको गाऊ समाजका अध्यक्ष राजु शाहिले जनाए । सो कार्यक्रममा सीमावर्ति भारतीय बजार नौतनवा, सुनौली , महाराजगन्ज सम्मका व्यापारी, स्थानियको पनि उपस्थिीति रहने समाजका रामबहादुर बस्नेतले जनाए । भैरहवाको पुरानो खेलकुद क्लब अमरज्योती युवा क्लबले देवकोटा चौंकदेखी शान्ति गुम्बा सम्म दीप प्रज्जवलन गर्ने तयारी गरेको क्लबका कुमार गुरुंगले बताए ।

लुम्बिनी अन्चलकै पुरानो साहित्यीक संस्था सिद्धार्थ साहित्य परिषदले सांझ ५ बजे बुद्धचौंकमा प्राध्यापक, वकिल, साहित्यकार तथा नागरिक समाजको सहभागितामा दीपप्रज्जवलन गर्ने तयारी गरेको परिषदका अध्यक्ष विजय सागरले जनाए । जेसीआई सिद्धार्थ नेपालले पनि मैत्रीपथमा जेसीजमा आवद्ध सदस्यहरुको उपस्थिीतिमा दीप प्रज्जवलन गर्ने तयारी गरेको कार्यक्रम संयोजक गोपाल ज्ञवालीले जनाए ।
उद्योगी व्यवसायीहरुको छाता संगठन सिद्धार्थ उद्योग वाणिज्य संघले ब्रमेलीटोलमा दीप प्रज्जवलन कार्यक्रम गर्ने तयारी गरेको संघका खगेन्द्र शर्माले जनाए । यसरी आज सांझ भैरहवामा लाखौं दीप प्रज्जवल हुदैंछ । लाखौं दीपको प्रज्जवलनको कारण विगत ३५ दिनदेखी ठप्प भएको यहांको जनजीवन केही न केही भए पनि खुसी र रमणीय हुनेछ ।

यता संयुक्त मधेसी मोर्चाको विरोधका कारण जिल्लाको क्षेत्र नम्बर ६ मर्चवार र क्षेत्र नम्बर ७ लुम्बिनी तथा क्षेत्र नम्बर १ को दक्षिणी क्षेत्र धकधईमा भने संविधानको स्वागातार्थ कुनै तयारी भएको पाईएको छैन । सो क्षेत्रमा मोर्चाका नेता कार्यकर्ताले संविधानको विरोध गर्दै कोण सभा गरिरहेको बुझिएको छ ।

यसैबीच बुटवलमा जवरजस्ती पसल बन्द गराउदैं हिडिरहेका बन्द कर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेकामा नेकपा माओवादी बैद्य समुहका जिल्ला संयोजक भुल बहादुर सुनारी, अखिल क्रान्तिकारी विप्लप समुहका जिल्ला अध्यक्ष मन कुमार कनौजे, मगर संघ पाल्पा जिल्ला अध्यक्ष तथा संघि समाजवादी फोरमका केन्द्रिय सदस्य नविन कुमार सुनुवार, मगर संघ रुपन्देही संयोजक यम बहादुर सलामी मगर लगायत रहेको रुपन्देही प्रहरीले जनाएको छ । यसैगरी पक्राउ पर्नेहरुमा खुमबहादुर राना, लक्ष्मण सलामी, मणि भट्टराई, सकिल मिया, भुवन न्यौपाने र इश्वरी दुलाल रहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्किले जनाए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण