गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारसंविधानको स्वागतमा निस्किएको र्‍यालीमा ढुंगा प्रहार

संविधानको स्वागतमा निस्किएको र्‍यालीमा ढुंगा प्रहार

September 20, 2015२३० पटक

विराटनगर, असोज ३ – संविधान जारी हुन लागेको खुसीयालीमा बिराटनगरमा निस्किएको मोटरसाइकल र्‍यालीमा ढुंगा प्रहार भएको छ । संविधानको विरोधमा प्रदर्शन गर्दै आएका प्रदर्शनकारीले र्‍यालीमा ढुंगा हानेका हुन् ।

र्‍यालीमा ढुंगा प्रहार भएपछि प्रहरीले २ राउण्ड अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको छ । शनी मन्दिर नजिकै कालो झण्डा लिएर उभिएका प्रदर्शनकारीलाई प्रहरीले पटक पटक पछि हट्न आग्रह गर्दा पनि प्रदर्शनकारीले अटेर गरी र्‍यालीमा ढुंगा प्रहार गरेका थिए । मोरङकका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तारिणी प्रसाद लम्सालले र्‍यालीलाई लक्षित गरि ढुङगा प्रहार गरिएपछि समूहलाई तितरबितर पारिएको जानकारी दिनुभयो ।

संविधानको समर्थन र विरोध गर्ने दुवै समूहले प्रदर्शन थालेपछि प्रहरीले बिराटनगरमा सुरक्षा ब्यवस्था कडा गरेको छ । मोरङ जिल्ला भरमा एक हजार भन्दा बढी प्रहरी परिचालन गरिकोमा बिराटनगर नगर क्षेत्रमा मात्र ५ सय बढी प्रहरी परिचालन परिएको लम्सालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण