राष्ट्रपति रोक्न खोज्ने हिन्दुवादी नेताहरू पक्राउ
काठमाडौं, ३ असोज । हिन्दु राष्ट्रको माग गर्दै आन्दोलनरत हिन्दुवादी नेताहरूलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।
नेपालको संविधान २०७२ जारी हुँदैगर्दा विरोध स्वरुप प्रदर्शनमा उत्रिएका हिन्दुवादी झण्डै एक सय अगुवा नेताहरूलाई आज पक्राउ गरेको सागर खतिवडाले जानकारी दिए ।
हिन्दु राष्ट्रको माग र नेपालको संविधान २०७२ को विरोधमा उत्रिएका उनीहरूलाई काठमाडौंको तिनकुनेबाट प्रहरीले गिरफ्तार गरेको हो ।
पक्राउ परेका सबैलाई प्रहरीले महाराजगञ्जमा लगेर राखेको छ ।
नयाँबानेश्वरको संविधानसभा भवनमा राष्ट्रपतिको विशेष समारोह कार्यक्रमलाई लक्षित गरी विरोधमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।