गृहपृष्ठ » अन्तर्राष्ट्रिय, देवदह विशेष, मुख्य समाचारमलेसियाका १७ कम्पनीद्वारा निशुल्क भिषा र टिकट सहित कामदार माग

मलेसियाका १७ कम्पनीद्वारा निशुल्क भिषा र टिकट सहित कामदार माग

August 6, 2015६६७ पटक

मलेसिया, साउन २१ – मलेसियाका विभिन्न १७ कम्पनीले नेपाली कामदारको मागका लागी निशुल्क भिषा र टिकट सहितको माग पत्र दूतावासमा बुझाएका छन् ।

४ सय ६० जना पुरुष र १० जना महिला गरी ४ सय ७० जना नेपाली कामदारका लागि माग पत्र प्रमाणिकरणका लागि दूतावासमा दर्ता भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ । नेपाली कामदार माग गर्ने कम्पनीको निरीक्षण गरेपछि माग पत्र स्विकृत गर्ने दूतावासले जनाएको छ । गएको असार २१ गते नेपाल सरकारले मलेसियासँगै खाडी ६ वटा देशमा निशुल्क टिकट र भिषाको व्यवस्था भएका कम्पनीमा मात्रै कामदार पठाउने नियम कार्यान्वयन गरेको थियो । तर म्यानपावर व्यावसायीहरुले भने सरकारी नियम नमान्ने भन्दै आन्दोलन गर्दै आएका थिए । लामो छलफलपछि तत्कालका लागि सरकारी नियम कार्यान्वयन गर्न व्यावसायी केही समय अघि मात्रै सहमत भएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण