गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचारमाओवादीले हतियार छाडेपछि यसरी बन्यो नेपालको संविधान (घटनाक्रमसहित)

माओवादीले हतियार छाडेपछि यसरी बन्यो नेपालको संविधान (घटनाक्रमसहित)

September 20, 2015३५० पटक

mao-ladakuशक्तिखोरमा पूर्व माओवादी लडाकू

काठमाडौँ, ३ असोज । सात दशक लामो संवैधानिक यात्रामा नेपालको संविधान, २०७२ अग्रगामी संविधानका रुपमा जनतासमक्ष आउँदै छ ।

आज राष्ट्रपति डा रामवरण यादवबाट प्रारम्भ भएको घोषणा भएपछि सात दशक अघिदेखिको नेपाली जनताले आफ्ना लागि आफैँ संविधान बनाउने चाहनाले मूर्त रुप लिँदैछ ।

संविधानको भाग ३७, धारा ३०८ र अनुसूची ९ रहेको यस संविधान विगतका सात संविधानभन्दा यो संविधान अग्रमागी मानिएको छ । गणतन्त्र, सङ्घीयता, समावेशीतासहितका विशेषताले यो संविधान अग्रगामी देखिएको हो ।

यो संविधान जारी भएबाट आजसम्म प्रचलनमा आएको नेपालको अन्तरिम संविधान २०६३ विस्थापित हुने भएको छ । मुलुकमा भएको दोस्रो जनआन्दोलनपछि अन्तरिम व्यवस्थापिका-संसद्ले २०६३ माघ १ गते अनुमोदन गरेको सो संविधानमा २५ भाग, १६७ धारा र चार अनुसूची रहेका थिए ।

विसं २०१५ फागुन १ गते जारी नेपाल अधिराज्यको संविधान २०१५ ले समानाता, स्वतन्त्रता, सम्पत्तिको सार्वजनिक प्रयोेग, राजनीतिक स्वतन्त्रता, संवैधानिक उपचारको हकजस्ता विषय समावेश गरेको थियो ।Nepal-Peace-Agreement_final-650x361सो संविधानलाई राजा महेन्द्रले नेपालको संविधान २०१९ जारी नहुँदासम्म ‘नेपाल विशेष व्यवस्था ऐन २०१७’ को नामबाट चलाएका थिए ।

यस्ता छन् घटनाक्रम :
– शान्ति प्रक्रियाको थालनी र तत्कालीन सात दल र नेकपा (माओवादी)काबीच १२ बुँदे सहमति
– २०६२ मङ्सिर ७ गते
– लोकतान्त्रिक आन्दोलन सुरु २०६२ चैत २६
– प्रतिनिधिसभा पुनःस्थापना २०६३ वैशाख ११ गते
– प्रतिनिधिसभाद्वारा गणतन्त्रको घोषणा २०६३ जेठ ४ गते
– तत्कालीन सरकार र नेकपा (माओवादी) बीचमा विस्तृत शान्ति सम्झौता २०६३ मङ्सिर ५ गते
– नेपालको अन्तरिम संविधान जारी २०६३ माघ १ गते
– पहिलो संविधानसभाको निर्वाचन २०६४ चैत २८
– पहिलो संविधानसभाको बैठक २०६५ जेठ १५ गते । राजतन्त्रको अन्त्य र गणतन्त्रको कार्यान्वयन घोषणा ।
– पहिलो संविधानसभाको कार्यकाल चार वर्ष अर्थात् एक हजार ४४० दिन
– पहिलो संविधानसभाको बैठक सङ्ख्या १२२
– संविधान सभाले खास काममा खर्चेको समय ३८१ घन्टा
– पहिलो संविधानसभाको विघटन २०६९ जेठ १४ गते
– दोस्रो संविधानको निर्वाचन २०७० मङ्सिर ४ गते
– दोस्रो संविधानसभाको पहिलो बैठक २०७० माघ ८
– दोस्रो संविधानसभाको कार्यदिन ५७१ (एक वर्ष छ महिना २६ दिन)
– प्रमुख चार दलबीचमा १६ बुँदे राजनीतिक सहमति २०७२ जेठ २५
– संविधानको पहिलो मस्यौदा तयार २०७२ असार १७
– संविधानमा जनताको सुझाव सङ्कलन २०७२ साउन ४ र ५ गते
– संविधानको परिमार्जित विधेयक तयार २०७२ भदौ ६
– संविधानको परिमार्जित विधेयक पारित २०७२ भदौ ३० गते
– संविधानको पक्षमा मतदान गर्ने सभासद्को सङ्ख्या ५०७
– संविधानको विपक्षमा मतदान गर्ने सभासद्को सङ्ख्या २५
– संविधानको विधेयको मूलप्रतिमा हस्ताक्षर गर्ने सभासद्को सङ्ख्या ५३७
– संविधानको विधेयकमा हस्ताक्षर र प्रमाणीकरण २०७२ असोज १
– संविधान निर्माणका लागि संविधानसभाले बिताएको दिन : दुई हजार ३१ दिन अर्थात् पाँच वर्ष छ महिना २६ दिन
– संविधानसभामा बहाल रहेको सदस्य सङ्ख्या : ६०१ तर कायम सङ्ख्या ५९८ रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण