गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारमधेसी र थारुका माग संविधानको धारा २९५ ले समेट्न सक्ने

मधेसी र थारुका माग संविधानको धारा २९५ ले समेट्न सक्ने

September 21, 2015१७७ पटक

sambidhan-jari-tamjham-3

४ असोज, काठमाडौं । संविधान जारी भएपछि तराई मधेसमा चलिरहेको आन्दोलनको भविश्य के होला ? कतिपयलाई लाग्न सक्छ, संविधान बनेपछि असन्तुष्टका मागहरु समेटिने सम्भावना सकिएको छ । तर, वास्तविकता चाँहि बेग्लै छ । संविधान बनेपछि मधेसी थारुलगायत असन्तुष्टका मागहरु सम्बोधन गर्ने संवैधानिक ढोका खुलेको छ ।

संविधानको भाग ३३ को धारा २९५ मा टेकेर आन्दोलनकारीका बाँकी मागहरु पूरा गर्न सक्ने ठाउँ रहेको नेताहरु बताउँछन् । सो धारा अनुसार रुपान्तरित व्यवास्थापिका संसदले संविधान संशोधन गरेर आन्दोलनकारीलाई सम्बोधन गर्न सक्छ ।

मधेस र थारु आन्दोलनकारीका धेरैजसो मागहरु संविधानमा समेटिइसकेका छन् । अब उनीहरुको मुख्य सरोकार भनेको प्रदेशको सीमांकनमा देखिएको छ । यसका लागि संविधानभित्रैबाट निकास सम्भव छ ।

प्रदेशको सीमांकनको विषय संविधानले अहिले नै टुंग्याइसकेको भए पनि सविधानको धारा २९५ मा संक्रमणकालीन व्यवस्था राखिएको छ । जसको उपधारा १ मा संघीय आयोगको गठन गर्ने व्यवस्था छ । यसमा प्रदेशका सीमांकन सम्बन्धी विषयमा सुझाव दिन नेपाल सरकारले एक संघीय आयोग गठन गन सक्ने उल्लेख छ ।

संघीय आयोगले दिएको सिफारिसबमोजिम सात प्रदेशको अहिलेको सीमांकनमा हेरफेर गर्ने प्रशस्त आधारहरु रहेकाले मधेसवादीले आन्दोलन छाडेर वार्तामा आउनुपर्ने एमालेका मधेसी सभासद सत्रुधन महतो बताउँछन् ।

आयोगले प्राविधिक ढंगले भूगोलहरुको पुनसंरचना गर्ने र जिल्ला तथा गाउँहरु हेरफेर गर्न सक्ने संवैधानिक अधिकार राखेको छ ।
त्यस्तै थारुलगायत कतिपय आदिवासी र अल्पसंख्यक जनजातिको थप अधिकारका लागि पनि संविधानमा संक्रमणकालिन धारा अन्तर्गत व्यवस्था गरिएको छ ।

सरकारले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण गर्नका लागि एक आयोग गठन गर्न सक्ने संविधानको धारा २९५ को उपधारा ३ मा व्यवस्था गरिएको छ ।

यस्तो आयोग सविधान प्रारम्भ भएको मितिले ६ महिनाभित्र गठन हुने संविधानमा उल्लेख छ । यस्तो आयोगको कार्य अवधि एक वर्षमा हुनेछ ।

सीमांकनमा असन्तुष्ट रहेका थारु समुदायका लागि स्वायत्त तथा संरक्षित क्षेत्र कायम गर्नका लागि संविधानको यो व्यवस्थाले प्रशस्त ठाउँ दिएको सभासद बैजनाथ चौधरीले बताए ।

यस्तो छ धारा २९५

Dhara-295

www.onlinekhabar.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण