गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारप्रमुख दलहरुले विजय उत्सव सहित संयुक्त सभा गर्दे ।।

प्रमुख दलहरुले विजय उत्सव सहित संयुक्त सभा गर्दे ।।

September 21, 2015२४१ पटक

१२ बुँदेदेखि संविधान घोषणासम्म

सहित संविधान घोषणा भएको खुसियालीमा प्रमुख तिन दलले आज राष्ट्रिय उत्सव मनाउने भएका छन् । उत्सवका रुपमा संयुक्त आमसभा र विजय ¥याली आयोजना गर्दैछन् । आज काठमाण्डुको सैनिक मञ्च टुँडिखेलमा विजय ¥यालीपछि संयुक्त आमसभा गर्ने तिन दलले बताएका छन् । सभालाई कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । एमाले उपाध्यक्ष भीमबहादुर रावलले ऐतिहासिक खुसीको क्षणलाई विजयोत्सवकै रूपमा मनाएर सन्देश दिन संयुक्त सभाको आयोजना गरेका बताउनुभयो । काठमाडौंसँगै तिनओटै दलले देशभर संयुक्त सभा र ¥यालीको आयोजना गर्दै छन । सभाअघि राजधानीका तिन ठाउँबाट विजय ¥यालीका रूपमा जुलुस सुरु हुनेछ । दिउँसो १२ बजेबाट कांग्रेसले शान्ति वाटिका, एमालेले रत्नपार्कस्थित रातो घर र एमाओवादीले भृकुटीमण्डपबाट जुलुस निकाल्नेछन । एमालेको ¥याली बागबजार–पुतलीसडक–भद्रकाली हुँदै अघि बढ्नेछ भने त्यसमा एमाओवादीको ¥याली पनि मिसिनेछ । तिनै दलले विजय उत्सवका रूपमा आयोजना हुने सभामा सहभागी हुन आम जनसमुदायलाई अपिल समेत गरेका छन् । सरकारले आज विजयउत्सव मनाउन सार्वजनिक विदा दिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण