कपिलबस्तुको बलुहवा गाविस भवनमा आगजनी ।।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले कपिलबस्तुको दक्षिणी गाविस बलुहवाको कार्यालयमा आगजनी गरेका छन् । मधेश बिरोधी संबिधान जारी गरिएको भन्दै गएराती २०–२५ जनाको समूहले गाविस कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेको प्रहरीले जनाएको छ । आगजनीबाट कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको गाविस सचिव छबिलाल पौडेलले जानकारी दिनुभएको छ । कार्यालयको ढोकाको ताला फोडेर गरिएको आगजनीबाट कार्यालयको प्रशासन कोठा र सचिवको कोठामा रहेका सम्पूर्ण कागजात र दुबै कोठाका झ्याल र ढोका जलेर नष्ट भएको इलाका प्रहरि कार्यालय पकडिका प्रहरि निरिक्षक जय श्रीराज कुवंरले बताउनुभएको छ ।