गृहपृष्ठ » मुख्य समाचार, समचार६५ बर्षको चाहाना भएको भन्दै वामेलीहरु दिपावली गरे ।।

६५ बर्षको चाहाना भएको भन्दै वामेलीहरु दिपावली गरे ।।

September 21, 2015१४७ पटक

11147012_150156775330861_4094217069672373564_n

अनिश गैरे, वामी गुल्मी ।।

आम नेपालीहरुको चाहनाअनुसार नेपालको सबिंधान हिजो घोषणा भएपछि वामीका स्थानीयहरुले पनि घर घरमा दिपावली गरेका छन । बिगत ६५ बर्षदेखी आफ्नै जनप्रतिनिधिहरुबाट सबिंधान बनाउने सारा नेपालीहरुको चाहना बमोजिम हिजो सबिंधान जारी भएपछि यसरी खुशीयाली मनाएका हुन । वामी बजारका स्थानीयहरुले पनि घर घरमा बत्ति बालेर दिपावली गराएका छन । घरहरु झिलीमिली बनाएका छन । यसैबिच नेपाली काङग्रेस वामीले पनि आफ्ना कार्यकर्ताहरुलाई घर घरमा दिपावली गर्न आग्रह गरेको थियो । केन्द्रिय समितिको निर्दैशन अनुसार सम्पुर्णहरुमा आग्रह गरिएको नेपाली काङ्ग्रेस वामीका सचिब तेजेन्द्र जिसीले जानकरी दिनुभयो । बिभिन्न ठाँउहरुमा समुहको रुपमा बसेरै वामेलीहरु सबिंधानको स्वागत गर्दै शुभकामना तथा बधाई ज्ञापन गरिरहेका छन ।

12027556_1692714057627396_6264836965135875280_n
यसैबिच सिर्जनशील नमुना युबा क्लब नेटा गुल्मीले पनि आज एक कार्यक्रममा बिच सबिंधनको स्वागत गरेको छ । त्यस गाबिसका तथा क्षेत्रीय स्तरका राजनीतीक दलहरुका प्रतिनिधिहरु तथा नेपाली जनताहरुको बिचमा सबिंधानको स्वागत गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति निम बहाुदर केसी, नेकपा एमाले क्षेत्रीय उपसचिब ढालेन्द्र केसी, एमाओबादीका दुर्गा बिक, क्लबको सदस्य दिपक खरेल लगायतले मन्तब्य ब्यक्त गर्दे सम्पुर्ण नेपालीहरुलाई सम्बोधन गर्दे सबिंधान बनेको भन्दै सम्पुर्णमा बधाई ज्ञापन गर्नुभएको थियो । क्लबका अध्यक्ष घनश्याम खरेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिब मोहन घिमिरेले गर्नुभएको क्लबका सदस्य दिपक खरेलले जानकारी दिनुभयो । सबिंधानको

12038180_1692714060960729_2042724040163715018_n स्वागतमा न्याहाका स्थानीयहरुले घर घरमा दिपावली गरेका छन । त्यसैगरी बाग्लुङ्को खर्बाङ्मा पनि स्थानीयहरुले घर घरमा दिपावली गरी सबिंधानको स्वागत गरेका छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण