गृहपृष्ठ » मुख्य समाचार, समचारतेल लिन गएका ट्यांकर खाली फर्काइयो !

तेल लिन गएका ट्यांकर खाली फर्काइयो !

September 25, 2015१४८ पटक

मकवानपुर, असोज ८ – हेटौडाबाट पेट्रोलियम पदार्थ लिनका लागि भारतको रक्सौल नाकासम्म पुगेका झण्डै दुईसय ट्यांकरहरु तेल नलिईकन त्यसै फर्कन बाध्य भएका छन् ।
तेल लिनका लागि भारत र नेपालको सीमा नाका पुगेका ट्यांकरहरु सरकारले सुरक्षा दिन नसकेको भन्दै खाली फर्केका हुन् । राती स्कटीङमा बोडरसम्म पुगेका एक सय ३० वटा ट्यांकर तेल नलिईकन फर्कन बाध्य भएको मध्यमाञ्चल ढुवानी व्यबसायी संघका सचिव उत्सव इटेनीले बताउनुभयो ।
वीरगन्जको सीमामा रहेको दशगजा पुलमा आन्दोलनकारीहरु राती समेत धर्नामा बसेकाले तेल ल्याउनका लागि समस्या भएको सचिव इटेनीले बताउनुभयो । अहिले पनि ६८ वटा ट्यांकरहरु रक्सौलमा तेल भर्नका लागि गएपनि इन्डियन आयल कर्पोरेशनले सुरक्षाका कारण देखाउँदै तेल भर्नका लागि गेटबाट नै ट्यांकर भित्र छिर्न नदिएपछि थप समस्या भएको छ ।
रक्सौलमा छिरिसकेका ट्यांकरहरुलाई पनि तेल नभरिदिँदा समस्या भएको ट्यांकर मजदुरहरुले बताएका छन् । पहिले दिउँसो मात्र मधेसवादी दलहरुको आन्दोलन हुने गरेको र अहिले आएर राती समेत दलका नेता कार्यकर्ताहरु सीमामा आन्दोलित भएकाले समस्या भएको ट्यांकर मजदुर संगठनका अध्यक्ष रबि गुरुङले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण