मन्त्रीको जवाफः नेपालमा सुरक्षित छन् भारतीय
काठमाडौं— कार्यवाहक परराष्ट्रमन्त्री खगराज अधिकारीले नेपालमा रहेका भारतीय नागरिक सुरक्षित रहेको बताएका छन्। पेट्रोलियम पदार्थ रोकेको सम्बन्धमा प्रस्टिकरण दिन परराष्ट्र मन्त्रालय पुगेका भारतीय राजदूत रणजीत रे समक्ष उनले यस्तो प्रतिक्रिया दिएका हुन्।पेट्रोलियम पदार्थ लिएर आउने भारतीय मालबाहक गाडी तथा भारतीय नागरिकलाई सुरक्षा दिन नेपाल तयार रहेको बताएका हुन्। सुरक्षाकर्मी परिचालन गरी पेट्रोलियम पदार्थ नेपाल भित्र्याउँदा भारतले आन्दोलनकारीमाथि बल प्रयोग नगर्न सुझाव दिएको थियो। त्यसअघि विज्ञप्ति निकाल्दै भारतीय नागरिकको सुरक्षाबारे चिन्ता देखाएको थियो। सोही सन्दर्भमा मन्त्री अधिकारीले राजदूतलाई भारतमा रहेका नेपाली सुरक्षित रहेको उल्लेख गरेका हुन्।