गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारगच्छदारको मोर्चाले अान्दोलनरत दलसँग वार्ता गर्न समिति बनायो

गच्छदारको मोर्चाले अान्दोलनरत दलसँग वार्ता गर्न समिति बनायो

September 25, 2015२२३ पटक

काठमाडौं— संविधान निमार्ण प्रक्रियाप्रति असन्तुष्ट रहँदै आएको विजयकुमार गच्छदार नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनरत शक्तिसँग तालमेल गर्न वार्ता समिति बनाएको छ।

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका रामजनम चौधरी, राष्ट्रिय मधेस समाजवादी पार्टीका केशव झा र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका महासचिव सीपी सिंह सम्मिलित ३ सदस्यीय वार्ता टोली गठन गरेको हो।

‘मधेस थरुहटमा चलिरहेको शान्तिपूर्ण राजनीतिक जनआन्दोलनलाई निर्णायक रुपमा अघि बढाउन र सफलताको बिन्दुमा पुर्‍याउने मधेस थरुहटमा क्रियाशिल अन्य मोर्चा, संगठन र राजनीतिक शक्तिहरुसँत आवश्यकताअनुसार एकता, सहकार्य, आपसी सहयोग र तालमेल गर्न आवाश्यक सबै सम्भावनाहरुको खोजी गर्न र मोर्चालाई प्रस्ताव सिफारिस गर्न वार्ता समिति गठन गरिएको हो’ गच्छदारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यदल उपेन्द्र यादव नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि गठन गरेको थियो। जसमा संघीय समाजवादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपाका महामन्त्री गोविन्द चौधरी र सद्भावना पार्टीका महासचिव मनिष सुमन र तमसपाका महासचिव रामनरेश यादव सम्मिलित कार्यदल गठन गरिएको छ। सो मोर्चाले चार सदस्यीय कार्यदल गठन गरेको पर्सिपल्ट गच्छदार नेतृत्वको मोर्चाले पनि वार्ता समिति गठन गरेको सार्वजनिक गरेको हो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण