गृहपृष्ठ » मुख्य समाचार, समचारकरेन्ट लागेर र मदिराका कारण ३ को मृत्यु

करेन्ट लागेर र मदिराका कारण ३ को मृत्यु

September 25, 2015१३७ पटक

karent
जिल्लाको रुरुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

रुरु गाविस ७ मा करेन्ट लागेर स्थानीय २२ बर्षका कमल ज्ञवाली र ५० बर्षका  बिन बहादुर मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर मरेको कुकुरलाई निकाल्न खोज्दा उनीहरुलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाईते भएका दुवै जनालाई उपचारका लागि पाल्पामा मृत्यु भएको प्रहरीले जनाएको छ । यता सदरमुकाम तम्घासमा एक ब्यक्ति सुतेको सुत्तै भएका छन । जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार बुटवल उप महानगरपालिका १३ घर भई सदरमुकाम तम्घासको श्रीराम टेर्लसमा काम गदै आएका ५२ बर्षिय दिपक परियार सुतेको सुत्तै भएका हुन ।

बिहीवार साझँ अत्यधिक मदिरा सेवन गरेर सुतेका परियार बिहान अवेरसम्म नउठेपछि उठाउन खोज्दा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल जिल्ला अस्पताल तम्घासमा ल्याइएको थियो । शुक्रवार दिउसो जिल्ला अस्पताल तम्घासले परियारलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक रामप्रकाश पौडेलले जानकारी दिनुभएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण