गृहपृष्ठ » विशेषदाङका पत्रकारद्वारा मलेशियाका राजदूतविरुद्ध सर्वोच्चमा मुद्दा

दाङका पत्रकारद्वारा मलेशियाका राजदूतविरुद्ध सर्वोच्चमा मुद्दा

September 26, 2015१७६ पटक

काठमाडौं, ८ असोज । दाङका पत्रकार गणेश आचार्यले आफ्नो राहदानी खोस्ने मलेसियास्थित नेपाली राजदूत निरन्जनमानसिंह बस्नेतबिरुद्ध सर्वोच्च अदालतमा रिट हालेका छन् । पत्रकार गणेश आचार्यको राहदानी फिर्ता गर्न त्यहाँका नेपाली राजदूतलाई आदेश दिन माग गर्दै विहीबार रिट निवेदन दायर गरिएको हो । आचार्य नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य हुन् हाल मलेशियामा कार्यरत छन् ।

Ganesh-Acharyaमलेसियामा “मलाया नेपाल” नामक अनलाइन सञ्चालन गर्दै आएका पत्रकार आचार्यको नामबाट अधिवक्ता अञ्जु उप्रेतीद्वारा रिट दायर गरिएको र रिट निवेदनमा आचार्यद्वारा प्रकाशित समाचारलाई लिएर बस्नेतले राहदानी खोसेको आरोप लगाइएको छ ।

रिट निवेदनमा राजदूत बस्नेतले पत्रकार आचार्यको ०६०२५५४६ नम्बरको राहदानी जफत गरी लगेको उल्लेख छ । राजदूत बस्नेतले झुठो समाचार लेखेर बदनाम गर्न खोजेकाले पत्रकार आचार्यको राहदानी लिएको भनी बताएको पनि रिट निवेदनमा उल्लेख छ । उक्त काम साइबर अपराध भएको राजदूत बस्नेतले व्याख्या गरेको भनी रिट निवेदनमा छ ।

पत्रकार आचार्य नेपाल फर्किनका लागि हवाई टिकट लिएर राखेको अवस्थामा राजदूतले राहदानी खोसेको आरोप लगाइएको छ । आफ्नो टिकट अवरुद्ध भएकाले टिकटबापत लाग्ने शुल्क पनि राजदूतबाटै दिलाई पाऊँ भनी रिट निवेदनमा माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण