गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, विशेष, समचारमलेसियामा सुतेकै ठाउँमा एक नेपालीको मृत्यु

मलेसियामा सुतेकै ठाउँमा एक नेपालीको मृत्यु

September 26, 2015५०१ पटक

मलेसिया, असोज ९ – रोजगारीका लागि मलेसिया आएका एक नेपालीको ज्यान गएको छ । रोजगारीका लागि मलेसिया आएका भोजपुरको दोभाने–७ तेन्दोका नन्दराज राईको सुतेकै ठाउँमा ज्यान गएको हो ।३७ वर्षका राईको गएको मंगलबार ज्यान गएको राईसँगै काम गर्ने रेवस विष्टले जानकारी दिनुभयो ।
क्वालालम्पुर स्थित जनाल आम्पाङको एक होटलमा क्लिनरको रुपमा कार्यरत राई बिहान अबेरसम्म पनि काममा नआएपछि कोठामा हेर्दा मृत अवस्थामा भेटिएको विष्टले बताउनुभयो । ६ महिना अघि मलेसिया आएका राईको शव पोष्टमार्टमका लागि क्वालालम्पुरकै अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण