गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्यभारतले आजदेखि नाकाबन्दी खोल्ने !

भारतले आजदेखि नाकाबन्दी खोल्ने !

September 26, 2015४४३ पटक

काठमाडौं, ९ असोज । अर्थमन्त्री डा.रामशरण महतले भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी आज (शनिबार)देखि खोल्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभएको छ । उहाँले नाकाबन्दी खुलेपछि सिमानामा रोकिएका मालबाहक सैयौँ कन्टेनर, ट्रक, ग्याँस बोकका बुलेट र ट्याङकरहरू नेपाल प्रवेश गर्ने बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (शनिबार) बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै अर्थमन्त्री डा.महतले आजैदेखि भारतीय पक्षले बन्दनाका खोल्ने आश्वासन दिएको बताउनुभयो । ‘प्रधानमन्त्री र परराष्ट्र

aGbsf] sf/0f ca{sf] gf]S;fg aGbsf] sf/0f jL/uGh eG;f/ sfof{nodf ylGsPsf dfnjfxs uf8Lx? . df]rf{n] cfXjfg u/]sf] aGbsf] sf/0f @# lbg;Dddf rf/ ca{ %) s/f]8 eGbf a9L /fhZj cj?4 ePsf] eG;f/ sfof{nosf ;"rgf clws[t ;'zLn zdf{n] hfgsf/L lbg'ePsf] 5 . tl:a/ M ljhos'df/ dxtf], k;f{, /f;;मन्त्रीले भारतीय राजदूतसँग भेट गरेर नाकाबन्दी हटाउन आग्रह गर्नुभएको छ’, उहाँले भन्नुभयो, ‘सम्भवतः आजै (शनिबार)देखि भारतीय पक्षले सिमानामा रोकिएका मालबाहक कन्टेनर र ट्रक नेपाल प्रवेश गर्न दिनेछन् ।’
‘आजदेखि खुलाउँछन् भन्ने मेरो विश्वास छ’, अर्थमन्त्री डा.महतले दोहराउनु भयो, ‘नाकाबन्दी खोल्नुपर्छ । भारतीय राजदूतसँग प्रधानमन्त्री र परराष्ट्र मन्त्रले शुक्रबार भेटेर आग्रह गर्नुभएको छ ।’
मधेसी आन्दोलनकारीले आफ्नो मुलुकलाई गरिव बनाइरहेको उहाँले आरोप पनि लगाउनुभयो । ‘आन्दोलनकारीले आफ्नो देशलाई गरिव बनाउँदैनन् भन्ने पक्षमा म छु’, उहाँले भन्नुभयो, ‘राजनीतिक विषयमा किन आर्थिक नाकाबन्दी गर्ने ?’
अर्थमन्त्री डा.महतले भूकम्पका कारण चीनसँगको बाटो बिग्रिएको तत्काल भारतसँगको व्यापार चीनबाट पूर्ति हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तुरुन्तै भारतको व्यापार चीनले प्रतिस्थापन हुन सक्दैन ।’
चीनबाट सक्दो सहयोगको आश्वासन पाएको बताउनुभएका डा.महतले भन्नुभयो, ‘भूकम्पले गर्दा बाटो बिग्रिएर चीनको नाका बन्द भएको छ । सामान बोकेका गाडी आउन सक्दैन । यसैका फाइदा उठाएर मधेसी आन्दोलनकारीले भारतको सहयोगमा नाकाबन्दी लगाएका हुन् । पहिलो पनि भन्दै आएका थिए नाकाबन्दी लगाएर घुँडा टेकाउँछौँ ।’
भारतीय पक्षसँग नेपाल सरकारले कार्गो लिएर आएका कन्टेनरलाई तुरुन्त नेपाल पठाउन भनेको अर्थमन्त्री डा.महतले उल्लेख गर्नुभयो ।
‘यो देखियो नी अघोषित नाकाबन्दी’, उहाँले भन्नुभयो, ‘नेपालमा कुनै अबरोध छैन । नेपालबाट तेल लिन गएका ट्याङ्करलाई तेल नै नभरि फिर्ता पठाइएको छ । विराटनगर, भैरहवा, मेचीनगर भन्सार शुक्रबार दिनभरि खुला थिए ।’ उहाँले भारतले नै नाकाबन्दी लगाएको बताउनुभयो ।
‘सय पचास जनाले रोक्यो भन्दैमा हुन्छ ?’, अर्थमन्त्री डा.महतले भन्नुभयो, ‘अबरोध भए प्रशासनले हटाउँछ । सामान आउँदा हटाएका छौँ । आन्दोलनकारीका माग सरकारसँग राख्नुपर्‍यो । देशलाई समस्यामा पारेर केही हुँदैन ।’
देशभित्रको आन्तरिक राजनीतिक कारणले विदेशबाट आउन लागेको खाने कुरा, औषधिलगायतका सामान मधेसी आन्दोलनकारीले भारतसाग मिलेर रोक्नु आर्थिक अपराध रहेको अर्थमन्त्री डा.महतले बताउनुभयो ।
राजनीतिक कारण केही मान्छेले भारतसँग मिलेर मुलुकलाई तहसनहस बनाउन लागेको उहाँले बताउनुभयो । ‘दैनिक २५ सय ट्रक र कन्टेनर भित्रन्थे’, उहाँले भन्नुभयो, ‘अहिले चारदेखि दश वटापनि कन्टेनर र ट्रक नेपाल भित्र पाएका छैनन् ।’
उहाँले भारत जस्तो महान प्रजातान्त्रिक र ठूलो देशले नाकाबन्दी लगाउनु गम्भीर विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको अर्थव्यवस्थामा भारतबाट गरिएको ठूलो प्रहार हो ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण