गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारचीन दुवै नाका खोल्न तैयार !

चीन दुवै नाका खोल्न तैयार !

September 26, 2015१५२ पटक

tatopani
काठमाण्डौ,असौज ९ -संविधान जारी भएपछिको नेपालको राजनीतिक परिस्थितिलाई गम्भीर चासोसाथ हेरिरहेको चीनले तातोपानी र रसुवागढी दुवै नाका खोलेर नेपालमा उपभोग्य सामग्री आपूर्ति सहज बनाउन तयार रहेको जनाएको छ ।

मधेसमा भइरहेको आन्दोलनलाई कारण देखाउँदै भारतले तेलसहितका उपभोग्य सामग्री आपूर्तिमा अवरोध सिर्जना गरेको अवस्थामा उत्तरी छिमेक चीनले नेपाललाई आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको नागरिक दैनिकमा खबर छ ।

चिनियाँ कम्युनिस्ट पार्टी ९सिपिसी० को अन्तर्रा्ष्ट्रिय विभागमा नेपालसहित दक्षिण तथा दक्षिणपूर्व एसिया मामिला हेर्ने उपमन्त्री छन फेङस्याङले हिँजो बेइजिङमा राजदूत महेश मास्केसँग भएको भेटवार्तामा नेपालसँगको नाका खोल्ने कामलाई चीनले पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

उपमन्त्री छन नेसनल पिपुल्स कंग्रेसको अन्तर्रा्ष्ट्रिय मामिला कमिटीका उपाध्यक्ष पनि हुनुहुन्छ । उपमन्त्री छनसँग भएको भेटवार्तामा राजदूत मास्केले नेपालको अहिलेको परिस्थितिबारे ब्रिफिङ गर्दै दशैँ पर्व समेत नजिक आएकाले तातोपानी र रसुवागढी नाका खोलेर सीमा व्यापार सुचालु गरिए धेरै नेपालीले सहजता महसुस गर्ने बताउनुभएको थियो । ‘पर्वका लागि पनि सहज हुने गरी चीनले नेपालसँगका दुवै नाका खोल्न प्राथमिकतासाथ काम गर्नेछ,’ उपमन्त्री छनको जवाफ उद्धृत गर्दै राजदूत मास्केले भने, ‘नेपाललाई आवश्यक परे उपभोग्य सामग्री आपूर्ति गर्नसमेत चीन तयार छ ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण