गृहपृष्ठ » मुख्य समाचार, राजनीतिप्रधानमन्त्री कोईराला टिकापुर उडे ।।

प्रधानमन्त्री कोईराला टिकापुर उडे ।।

September 26, 2015१९७ पटक

काठमाडौं,असोज- प्रधानमन्त्री सुशील कोइराला आज विहान कैलालीको टीकापुर गएका छन् ।

एसएसपीसहित ९ जनाको मृत्यु हुने गरी टीकापुर घटना भएको एक महिना पछि प्रधानमन्त्री कोइराला काठमाडौंबाट टीकापुरका लागि उडिसकेको बताईएको छ । उनले स्थानीय नेताहरुलाई भेट्ने कार्यक्रम छ ।

उनी हेलिकोप्टरबाट टीकापुरमा नै ओर्लने बताइएको छ । प्रधानमन्त्री कोइरालाले घटनास्थलको समेत अवलोकन गर्ने बताइएको छ ।

तर, सुरक्षाका कारण प्रधानमन्त्रीको कार्यतालिका बारे केही खुलाइएको छैन । प्रधानमन्त्री टीकापुर पुग्ने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण