गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारचाडपर्व नजिकिँदै गर्दा गरगहनाको तस्करी बढ्दै ।।

चाडपर्व नजिकिँदै गर्दा गरगहनाको तस्करी बढ्दै ।।

September 26, 2015१४८ पटक

download
काठमाडौ,९ असोज-दसैं तिहार, छठजस्ता चार्डपर्व सुरु भएसँगै जिल्लामा गरगहनाको अवैध कारोबार बढ्न थालेको छ । चोरी नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरीको नै चोरीमा संलग्नता भेटिएको नयाँ पत्रिकामा खबर छ ।

हेटौंडाको रातोमाटेमा प्रहरीले ६ केजी चाँदीका गहनासहित एक प्रहरी जवानलाई पक्राउ गरेपछि अवैध गहना कारोबारमा प्रहरीकै संलग्नता देखिएको हो ।

तराई आन्दोलनका कारण राजमार्गमा न्यून सवारीसाधन चल्न थालेपछि प्रहरीले सवारी जाँचलाई कडा नबनाएको अवस्थामा फाइदा उठाउन गहना तस्कर सक्रिय भएका हुन् ।
झापा तस्करीको नयाँ रुट
प्रहरीले अनुसन्धानका क्रममा तस्करीको नयाँ रुटका रुपमा झापा रहेको रहस्योद्घाटन भएको छ । यात्रुबाहक बसमा झापाबाट काठमाडौं आउँदै गरेका यात्र सुनसहित समातिएपछि प्रहरीले झापा तस्करीको नयाँ रुटको रुपमा रहेको पत्ता लगाएको हो ।

गत कात्तिकमा ताप्लेजुङ तापुङका दोर्जे शेर्पा सात किलो सुनसहित राजधानीबाट पक्राउ परेका त्यसको ९ महिनापछि गत मंगलबार प्रहरीले झापाबाट काठमाडौं लैजाँदै गरेको १० किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरका सोनम गुरुङ छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण