गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारवैदेशिक रोजगारीमा जाने नेपालीहरुको मृत्युको दर बढ्दै, २ दिनमा ३ जनाको मृत्यु हुने गरेको तथ्याङ्क !

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको मृत्युको दर बढ्दै, २ दिनमा ३ जनाको मृत्यु हुने गरेको तथ्याङ्क !

September 26, 2015३६५ पटक

images
काठमाण्डौ,असौज ९-रोजगारीका लागि विदेशी भूमिमा जानु नेपालीको बाध्यता नै बनेको छ । देशमा रोजगारीका अवसर नहुनु, उत्पादनमूलक कार्यमा जोडिन पुँजी नहुनु आदि कारणले नेपाली युवा बिदेसिन बाध्य छन् ।
हाल नेपालबाट वैदेशिक रोजगारीका लागि दैनिक एक हजार पाँच सय नेपाली बाहिरिने गर्छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार सन् २०१४ मा चार खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
अहिले ठूलो संख्यामा नेपाली कामदार वैदेशिक रोजगारीमा छन् ।
विदेशी भूमिमा नेपाली कामदारले ज्यान गुमाइरहेका पनि छन् । पछिल्लो समय दुई दिनमा तीनजना जतिले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । बोर्डका निर्देशक शिवराम पोखरेल भन्छन्, ‘पछिल्लो आठ वर्षमा विदेशमा मारिनेहरूको संख्या हेर्दा महिनामा ५१ जनाले विदेशमा ज्यान गुमाएको देखिएको छ ।’

बोर्डका अनुसार आर्थिक वर्ष ०६५÷६६ देखि गत असार मसान्तसम्म सात वर्षको अवधिमा विभिन्न मुलुकमा चार हजार चार सय एक नेपाली कामदारले ज्यान गुमाएका छन् । मारिनेमध्ये चार हजार तीन सय १४ पुरुष र ८७ जना महिला छन् ।
विदेशमा मृत्युवरण गर्ने नेपालीको संख्या हरेक वर्ष अप्रत्याशित रूपमा बढेको बोर्डको तथ्यांक छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण