नेपालगञ्जमा झडप, ५ प्रदर्शकारी र ४ प्रहरी घाइते !
आश्विन ९-नेपालगञ्जको रुपेडिया नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच ढुंगा हानाहन भएको छ ।
शनिबार बिहान रुपेडिया भन्सारमा अवरोध गर्न पुगेका कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि तनावको स्थिति सृजना भएको हो । प्रदर्शनकारीहरु दशगजा क्षेत्रमा बसेर प्रहरीमाथी ढुंगा प्रहार गरेको बतार्ईएको छ । प्रहरी र प्रदर्शकारीबीच ढुंगा हानाहान सुरु भएपछि त्यहाँ भागदौड मच्चिएको थियो ।
प्रदर्शकारीको ढुंगा लागि नेपाल प्रहरीका सई दिलबहादुर घर्ती, हवल्दार सुरेश बस्याल, प्रहरी जवान कलम बिक, कमल खनाल घाइते भएका छन् । घाइते सबैको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै प्रदर्शनकारी तर्फ जग्दिशबहादुर सिंह, बद्रु जुजा खाँ, अमृतलाल कुर्मी, सामसिंह सोनी, ममता बनियाँ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज तर्फ लगिएको छ ।