आयात कम हुँदा बजारमा आलु र प्याजको भाउ महंगियो !
काठमाडौं, असोज ९ – भारतबाट आयात नहुँदा बजारमा आलु र प्याजको भाउ महंगिएको छ । अघिल्ला दिनको तुलनामा आज आलु र प्याजको भाउ १५ देखि २० प्रतिशतले बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
थोक बजारमा आलु किलोको ४५ रुपैयाँ छ । यस्तै भारतीय प्याज किलोको १ सय २० र चिनिया प्याज ८० देखि ८५ रुपैयाँ छ । भारतीय प्याजको तुलनामा चिनिया प्याज सस्तो भएपनि माग अनुसार बजारमा आपूर्ति नगर्दा उपभोक्ताले महंगोमा खरिद गर्नु पर्ने बाध्यता छ ।
भारतबाट आयात प्रभावित हुनासाथ केहि व्यवसायीले आलु र प्याज लुकाउन थालेका उपभोक्ताको गुनासो छ । अहिले स्थानीयस्तरमा आलुको सिजन भएकाले भारतबाट नआएपनि समस्या नहुने तर व्यवसायीले लुकाउदा महंगोमा किन्नु परेको हो ।