गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचारमलेसियामा कैद भुक्तान गरेका २० जनालाई नेपाल फर्किन व्यवसायीको सहयोग

मलेसियामा कैद भुक्तान गरेका २० जनालाई नेपाल फर्किन व्यवसायीको सहयोग

September 26, 2015५५७ पटक

भुमिराज पराजुली/ । मलेसिया, असोज ९ – मलेसियाका विभिन्न जेलमा कैद भुक्तान गरेका २० जनालाई नेपाल फर्किन व्यवसायीले आर्थिक सहयोग गरेका छन् ।
नेपाली व्यवसायी समाज मलेसियाको आठौं वार्षिक उत्सवमा व्यवसायीहरुले २० जनालाई फर्किन टिकट वापतको रकम उपलब्ध गराएका हुन् ।समाजका अध्यक्ष इन्द्रनारायण लिम्वुले ११ हजार मलेसियन रिंगेटको चेक नेपाली दूतावासका द्धितिय सचिव उत्तम शाहीलाई हस्तान्तरण गर्नु भएको हो ।
नेपाली व्यापारी समाज मलेसियाको आठौ वार्षिकोत्सव

नेपाली व्यापारी समाज मलेसियाको आठौ वार्षिकोत्सव सम्पन्न भएको छ । क्वालालम्पुरको होटल आकांशामा भएको वार्षिक उत्सवमा नेपाली दुतावासका द्धितिय सचिव उत्तमकुमार शाहीले व्यापारी समाजले गरेको कामको प्रशंशा गर्दै सकारात्मक काममा दूतावासले साथ दिने बताउनुभयो ।
नेपालको भुकम्पमा सहयोग प्रदान गर्नेलाई कार्यक्रममा सम्मान गरिएको छ । सोहि अवसरमा भूकम्पमा मलेसियामा रहेका नेपालीले गरेको सहयोगको वृत्तचित्र प्रदर्शन र महाभूकम्प २०७२ नामक पुस्तक बिमोचन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण