गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, मुख्य समाचारअब ब्लड बैंकले पनि लाइसेन्स लिनुपर्ने

अब ब्लड बैंकले पनि लाइसेन्स लिनुपर्ने

September 27, 2015२६८ पटक

Blood1१० असोज, काठमाडौं । रक्तसञ्चार केन्द्र (ब्लड बैंक)हरुले पनि अब सरकारी लाइसेन्स लिनुपर्ने भएको छ ।

रगतसम्बन्धी अनुगमन तथा नियमन गर्न सरकारले गठन गरेको राष्ट्रिय रक्तसञ्चार व्युरोबाट ब्लड बैंकले लाइसेन्स लिनुपर्ने भएको नयाँ पत्रिकामा खबर छ ।

रक्तसञ्चार सेवालाई व्यवस्थित मर्यादित र जिम्मेवार बनाउन लाइसेन्स लिनुपर्ने व्यवस्था गर्न लागिएको ब्युरोले जनाएको छ । लाइसेन्सका लागि गत वैशाखमा आह्वान गरिएको थियो । तर, सबै सम्पर्कमा नआएपछि असोजभरका लागि समय बढाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी, निजी तथा सरकारी अस्पताल र चिकित्सा अध्ययन संस्थान गरी हाल सय वटा ब्लड बैंकहरु सञ्चालनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण