गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारदलहरुले भने-नाकाबन्दीको डटेर सामना गछौं

दलहरुले भने-नाकाबन्दीको डटेर सामना गछौं

September 27, 2015२४६ पटक

१० असोज, काठमाडौं । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले संविधान निर्माणको विषयलाई लिएर भारतले गरेको नाकाबन्दी र निर्देशन स्वतन्त्र र सार्वभौम मुलुकमाथिको हस्तक्षेप भएको ठहर गरेका छन्।
प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उनीहरूले मुलुकसामु देखिएको चुनौतीलाई एकताबद्ध भएर सामना गर्ने निष्कर्ष निकालेको नागरिकमा खबर छ ।

राष्ट्रिय एकता र सार्वभौमिकताविपरीत कुनै पनि राजनीतिक दल र शक्तिसँग सम्झौता नगर्ने ठहर गर्दै बैठकले संविधान निर्माणको पक्षमा उभिएका राजनीतिक दलहरू जुटेर अघि बढ्ने समझदारी गरेको छ। ‘हामी बनाएको संविधानमा भारत सरकारले आंैला उठाउन मिल्दैन,’ माले महासचिव सिपी मैनालीले भने, ‘भारत सरकारले माग राख्ने र निर्देशन दिने कुरा सार्वभौमसत्ता सम्पन्न देशमाथिको हस्तक्षेप हो।’

संविधानसभाको ९० प्रतिशतभन्दा बढी प्रतिनिधिको समर्थनमा बनेको संविधानमाथि प्रश्न गर्ने ठाउँ नभएको जनाउँदै मैनालीले भने, ‘भारतको संविधानमा पनि ६५ प्रतिशतभन्दा बढीको समर्थन छैन, हामीमाथि प्रश्न उठाउन मिल्दैन।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण