गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारसप्तरीको भारदहमा रोकिराखेको गाडीमा तोडफोड, तीन जना घाइते

सप्तरीको भारदहमा रोकिराखेको गाडीमा तोडफोड, तीन जना घाइते

September 27, 2015२४४ पटक

सप्तरी, असोज १० – सप्तरीको भारदहमा प्रहरीले स्कर्टिङ गरेर रोकिराखेको गाडीमा तोडफोड हुँदा तीन जना घाइते भएका छन् ।

शनिबार राति रोकिएका गाडीमा प्रदर्शनकारीले ढुंगा हान्दा सप्तरी गमरियाका १३ वर्षका गौतमकुमार यादव, झापा काकडभिट्टाका ३७ वर्षका पदमबहादुर दास र मकवानपुर फापरबारीका २५ वर्षका राजकुमार लोप्चन घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये यादवको विराटनगरमा तथा दास र लोप्चनको धरानमा उपचार भैरहेको छ । घटनामा कति गाडी तोडफोड भए भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । व्यवसायीले भने ६०/७० वटा गाडी तोडफोड भएको बताएका छन् । शनिबार राति पश्चिमबाट दुई सय ७२ वटा गाडी स्कर्टिङ गरेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीको स्कर्टिङ प्रभावकारी नभएको यातायात व्यवसायीले गुनासो गरेका छन् । त्रासमा गाडी चलाउन परेको उनीहरुको भनाई छ । यस्तै उज्यालो भएपछि गाडी चलाउन अवरोध हुँदा स्किर्टिङ गरिएका गाडीबा यात्रुलाई गन्तव्यमा पुग्न सास्ती भएको छ ।

तराईका विभिन्न जिल्लामा लगातार बन्द भएपछि राती प्रहरीको स्किर्टिङमा गाडी चल्ने गरेका हुन् । दिउँसो भने गाडी चल्न सकेका छैनन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण