गृहपृष्ठ » अन्तर्वार्तायस्तो छ दलाई लामाको सन्सनीपूर्ण अन्तर्वार्ता

यस्तो छ दलाई लामाको सन्सनीपूर्ण अन्तर्वार्ता

August 6, 2015३७० पटक

दलाइ लामा सञ्चार माध्यममा धेरै अन्तर्वार्ता दिँददैनन् । तर उनले दिएका कमै भए पनि ती अन्तर्वार्ताहरुमा संसारभरको चासो हुने गर्छ । हालै इन्डिया टुडेका लागि ज्योति मलहोत्राले लिएको अन्तर्वार्तामा लामाले अब आफू स्वतन्त्र तिब्बतको आन्दोलनमा नरहेको घोषणा गरेका छन् । यूरोपेली र अमेरिकीहरु दलाई लामाले स्वतन्त्र तिब्बतको मुद्धा चर्काएर लैजाउन् भन्ने चाहना राख्थे । लामाका अनुयायीहले उनको ८० औं जन्मदिवस मनाइरहँदा उनले भने अब स्वतन्त्रताको आन्दोलनमा आफू नरहेको उद्घोष गरेका छन् । हेरौं सोही अन्तवार्ताताको सम्पादित अंश:

तपाईले आफ्नो जीवनको ८० मध्ये ५६ वर्ष भारतमा बिताउनुभएको छ, यसले तपाईंको जीवनमा कस्तो अर्थ राख्छ ?

Dalai-Lamaमेरो जीवनको एक पक्ष हेर्ने हो भने म एक शरणार्थी हुँ । किनभने मैले आफ्नो जन्मभूमि गुमाएँ । मलाई त्यो सम्झँदा नराम्रो लाग्छ । म दुःखी हुन्छु । तर पनि भारत र चीन हजारौ वर्षदेखि एक आपसमा एक अद्वितीय र नजिकको सम्बन्धमा छन् ।

हामीले सधैं  भारतलाई भारत हाम्रो गुरु मान्दै आएको हो । मैले मेरै बारेमा भन्नु पर्दा म नालन्दा परम्पराको एक विद्यार्थी मात्र हुँ । यसकारण भारत मेरो धार्मिक, पवित्र भूमि हो । मेरो भौतिक घर नष्ट हुन पनि सक्ला तर मेरो आध्यात्मिक घरबाट सन्तुष्ट छु । भारत एक स्वतन्त्र मुलुक हो, यहाँ आजादी छ । यहाँ मैले धेरै आध्यात्मिक नेता, विद्यार्थी, वैज्ञानिक, विद्वानहरुलाई भेट्ने मौका पाएँ ।

तपाई अझै पनि आफूलाई म भारतमा शरणार्थीका रुपमा बसिरहेको सोच्नु हुन्छ ?

होइन । मेरो विचारमा म भारतको सबैभन्दा लामो समय बस्ने भारत सरकारको पाहुना हुँ ।

तपाई आफ्नो घर तिब्बत फिर्ता जान चाहनुहुन्छ ?
चाहन्छु । किनभने अझै पनि ९० प्रतिशत तिब्बतीहरुले ममाथि विश्वास गर्छन् । तिनीहरुमा मलाई हेर्ने, भेट्ने व्याकुलता छ ।

तपाई चिनियाँ सरकारलाई तिब्बत चीनबाट छुट्टिँदैन भन्ने पूर्ण विश्वा दिलाउन सक्नुहुन्छ ?
म यो भन्न पनि सकूँला । धेरै चिनिया अधिकारीहरु विशेष गरी चिनिया कट्टरहरुले यो वास्तविकता बुझ्न सक्दैनन् । चिनिया इतिहासकारहरुले एकातर्फी रुपमा दिएको सूचनाका आधारमा उनीहरु विश्वास गरेर बसेका छन् । सातौं र आठौं शताव्दीका बेला तिब्बतीहरुको, मंगोलहरुको र चिनियाहरुको बेग्लाबेग्लै साम्राज्य थियो । तर अब यो इतिहास भइसकेको छ ।

म जहिले पनि यूरोपेली यूनियन र भारतको सदासयताको प्रशंसा गर्न चाहन्छु । भारत स्वतन्त्र हुनुअघि भारतमा धेरैवटा राज्यहरु र राजाहरु थिए । तर अहिले सयम परिवर्तन भइसकेको छ । अबको समयमा भारतको कुनै ठाउँमा कसैले म यो राज्यको राजा हुँ भन्छ भने त्यो मूर्खता हो । त्यसै गरी ऐतिहासिक तवरले तिब्बत पनि बेग्लै राज्य भएको छ । तर हामीले अगाडिको सोच्नु पर्छ । चीनभित्रको तिब्बतमा रहने हाम्रो इच्छामा भर पर्ने कुरा हो ।

यो समयमा हामीले पूर्ण अधिकारका साथ आफ्नो धर्म, संस्कृति, बौद्ध परम्परा र परिवेशमा ध्यान दिनु पर्छ । यसले हामीलाई पारस्परिक लाभ दिनेछ । यसैबीचमा चीनमा बुद्धिज्म बढ्दै गएको छ । चीनमा आजको दिनमा करिब ४ सय मिलियन मानिसहरु बुद्ध धर्म मान्छन् ।

तपाईले कुनै चिनिया बुद्धिस्टलाई भेट्नु भएको छ ?
भेटेको छु । धेरै चिनिया बुद्धधर्मावलम्वीहरु धर्मशालामा आएका छन् । तिनीहरु आउँदा केही डराउँछन् । तिब्बतीहरुले कस्तो प्रतिक्रिया जनाउने हुन् भन्ने उनीहरुलाई संकोच हुन्छ । तर जब मेरो कुरा सुनेपछि रुन थाल्छन् ।

तपाईंका विश्वासिला वार्ताकारहरुले पटकपटक चीनसँग कुराकानी गरेका छन् । तर अझैसम्म त्यो वार्ता किन सफल भएन ?
चीनलाई थाहा छ कि हामी चीनलाई विखण्डन गर्न वा तिब्बतलाई स्वतन्त्र बनाउन खोजिरहेका छैनौं । तर धेरै चिनियाँ कट्टरहरु म तिब्बत नफर्कोस् भन्ने चाहन्छन् । त्यसकारण उनीहर जानीजानी मेरो विषयमा यस्तो छवि फैल्याइदिन्छन् कि– दलाइ लामा विखण्डनकारी हो । केही चिनिया अधिकारीहरुले मलाई पिशाचको रुपमा पनि अथ्र्याएका छन् । उनीहरुले मलाई समस्याको रुपमा अथ्र्याएर मलाई टाढा राख्नु नै राम्रो हो भन्ने पारेका छन् ।

dalai

तपार्इंले चिनिया राष्ट्रपति सी जिनपिङका पितालाई भेट्नु भयो । उहाँकी आमाले त बुद्धधर्म मान्नु हुन्छ होइन ?

उनलाई मात्र होइन । धेरै चिनियाँ अधिकारी, सेनाका अधिकृतहरु, चिनियाँ कम्युनिस्ट पार्टीका नेता, सदस्यहरुलाई भेटेको छु । उनीहरुले आफूहरु आस्तिक र बुद्ध धर्ममा विश्वास गरेको बताएका छन् । गतवर्ष चिनिया राष्ट्रपतिले यूरोप र भारत भ्रमण गरे, त्यो बेला उनले सार्वजनिक रुपमै भने कि बुद्धधर्म चिनियाँ संस्कृतिको एक अभिन्न अगं हो ।

चिनियाँ कम्युनिस्ट नेताले यसो भन्नु साँच्चै आश्चर्यको कुरा थियो । अहिले सी जिनपिङ भ्रष्टाचारविरुद्ध लडिरहेका छन् । यसअघिका राष्ट्रपतिहरु हु जिन्ताओ र जिआङ जेमिनलाई पनि यो भ्रष्टाचारबारे थाहा थियो । उनीहरुले नभए पनि अहिलेकाले गर्दैछन् । म उनको साहसको प्रशंसा गर्न चाहन्छु ।

त्यसो भए, जिनपिङले चीनलाई बदल्दै छन् त ?
अवश्य पनि । सी जिनपिङ अहिले युवा नै छन् । म बूढो भएँ तर म भन्छु कि ऊ म भन्दा पनि अलिकति बढी नै वजनका छन् । उनले आफनो वजन व्यायम गरेर घटाउनु पर्छ । तर म साँच्चै उनको साहसको प्रशंसा गर्न चाहन्छु ।

गत वर्ष सी जिन पिङ दिल्ली आउँदा तपाईहरुले वार्ता गर्ने भन्ने विषयमा कुरा भएको थियो नि ?
हो मेरा एक चिनिया व्यापारीले त्यो कुरा गरेका थिए । उनको त्यो सदीक्षा थियो । म त्यो होओस् भन्ने चाहन्थें । तर त्यो त्यति सजिलो कुरा थिएन ।

तपाई राष्ट्रपतिलाई भेट्न चाहनुहुन्थ्यो ?
अवश्य पनि । म जहिले पनि चिनिया नेताहरुलाई भेट्न चाहन्छु । एक समय म अमेरिकाको टेक्सासमा थिएँ । त्यसबेला हु जुन्ताई वासिङटन भ्रमणमा हुनुहुन्थ्यो । त्यो बेला मैले समय भए म तपाईसँग भेट गर्न चाहन्छु भनेर खबर पठाएको थिएँ ।

तपाई र सी जिनपिङ तिब्बत मामिला हल गर्न एक साथ रहन सक्नुहुन्न ?
त्यो मलाई थाहा छैन । ममाथि तिब्बतको सोझो उत्तरदायितव छैन । तर मलाई सबै विषयहरु वार्ता र संवादबाट हल हुन्छन् भन्ने लाग्छ । ६० वर्ष त गइसकेको छ । र मैले भन्ने गरेको छु, चिनिया सिस्टमले बन्दुकलाई पूजा गर्छ । अध्यक्ष माओले पनि भन्नुभएको थियो कि शक्ति बन्दुकको नालबाट जन्मन्छ । तर यस्ता धारणाहरु युद्धको बेला मात्रै जायज हुन्छन् ।

जब मैले सुरुमा माओ र अन्य माथिल्लो दर्जाका अधिकारीहरुलाई पेकिङमा भेटें, त्यो बेला म साँच्चै उनीहरुको प्रशंसा गरेको थिएँ । उनीहरुले मलाई धेरै प्रभाव पारेका थिए । उनीहरु साँच्चिकै जनताको सेवामा समर्पित थिए । उनीहरुको समर्पण र सेवाभाव देखेर मैले म पनि कम्यूनिस्ट पार्टीमा भर्ती हुने इच्छा प्रकट गरेको थिएँ ।

जहाँसम्म सामाजिक – आर्थिक नीतिको सम्बन्धमा , म एक माक्र्सवादी हुँ । यो कुनै गोप्य कुरा हैन । तर म लेनिनवादको पूर्ण विरोधी हुँ, यो नीतिले अति नियन्त्रण सिकाउँछ । जहाँसम्म चीनको कुरा छ, म आशावादी छु, यो देश खुला हृदयको कम्यूनिस्ट पार्टी बन्ने छ । यो देशको जनसंख्या एक अर्बभन्दा बढी छ । विश्वका धेरै मामिलामा यसले महत्वपूर्ण योगदान दिन सक्छ । यसका लागि बाँकी विश्वले सम्मान र विश्वास गर्नु धेरै महत्वपूर्ण छ ।

भारत सरकारले तपाईं र चीन सरकारबीच वातचितका लागि कुनै काम गरोस् भन्ने चाहनुहुन्छ ?
भारत मात्रै होइन, यो समस्या समाधान गर्नु बाँकी विश्वकै उत्तरदायित्व छ । किनभने केही समुदाय समस्यामा छन् । भारत र तिब्बतबीच लामो सीमा छ । यसकारण तिब्बतको मुद्धा भारतका लागि महत्वपूर्ण हुनुपर्छ ।

म कहिले काहीं मजाकमा भन्ने गर्छु, भारत तिव्बतको पहिलो पंक्तिको रक्षक हो । तिब्बतको संस्कृति जोगाउन भारतले सहयोग गरेको छ । किन भने अगाडि भारत छ । यसकारण अरु संस्कृति प्रवेश गर्न पाउँदैन । यसकारण मैले भारत गुरु र तिब्बत चेला भनेको हो । गुरु भएपछि समस्या समाधानमा भारतको भूमिका हुनुपर्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण