गृहपृष्ठ » अार्थिक, देवदह विशेष, मुख्य समाचार, समचारयुएईमा रहेका नेपालीद्वारा स्याङजाको बिर्घा गाउँका लागि सहयोग

युएईमा रहेका नेपालीद्वारा स्याङजाको बिर्घा गाउँका लागि सहयोग

September 27, 2015४९९ पटक

युएई, असोज १० – स्याङजाको बिर्घा गाविसबाट वैदेशिक रोजगारीका लागि युएई आएका नेपालीले मिलेर गाउँमा आर्थिक सहयोग गरेका छन् ।

युएईमा स्थापित बिर्घा स्याङजा सहयोग समाजको पहल तथा सामाजिक सन्जाल मार्फत आर्थिक संकलन गरेर बिर्घा गाविसका ११ तथा छिमेकी कृष्णगण्डकी गाविसको एउटा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

११ हजार एक सय ११ नेपाली रुपैयाँ रहेको अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोष मार्फत हरेक वर्ष गरीब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिने छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण