गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारसीमा क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

सीमा क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

September 27, 2015२२५ पटक

बिराटनगर, असोज १० – नेपाल–भारत सीमा क्षेत्र जोगवनीमा तनाव भएको छ । विराटनगरको रानी भन्सारको २ नम्बर ढाट नजिकै दसगजा क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

मधेसी मोर्चाका कार्यकर्ताले दसगजा क्षेत्रमा धर्ना बस्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । झडपपछि केही प्रदर्शनकारी सिमावर्ती जोगवनीतिर भागेका छन् ।

बिहानैदेखि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दशगजा क्षेत्रमा धर्नामा बस्ने भन्ने खबर पाएर कार्यकर्ता रानी भन्सार पुगेका थिए । यादव भन्सार नजिकै धर्नामा बसेको भएपनि कार्यकर्ता दशगजामा धर्ना बस्न गएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण