गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, समचार, स्वास्थ्यक्रान्तिकारी पत्रकार संगठनको अध्यक्षमा प्रभात चलाउने

क्रान्तिकारी पत्रकार संगठनको अध्यक्षमा प्रभात चलाउने

September 27, 2015४७६ पटक

हेटौँडा १० असोज । क्रान्तिकारी पत्रकार सङगठन नेपालको अध्यक्षमा प्रभात चलाउने निर्वाचित भएका छन । हेटौँडामा ९ गते देखी सुरु भएको प्रथम राष्टिय सम्मेलनले चलाउनेलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।12053115_465359553635508_930266089_n(1) सम्मेलनपछि बोल्दै अध्यक्ष चलाउनेले जनपक्षिय पत्रकारीताको विकास र श्रमजीवी पत्रकारहरुको हितका पक्षमा सशक्त भूमिका खेल्ने बताए । नेपालमा अहिले वैदेशिक हस्तक्षेप चर्को रुपमा बढिरहेको बताउँदै त्यसका विरुद्ध सचेत प्रचारात्मक अभियान थाल्ने, श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्नका लागि दबाब दिने र श्रमजीवी पत्रकारहरुको उच्च पारिश्रमिकका लागि संघर्ष गर्ने उनको भनाई थियो । सम्मेलनले ५१ सदस्यीय केन्द्रीय समिति पनि चयन गरेको छ । जसको उपाध्यक्षमा दिपेन्द्र रावल, महासचिवमा प्रज्वल श्रेष्ठ र सचिवमा शोभाखर पन्थीलाई निर्वाचित गरेको छ । देशभरबाट करिव २०० प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनले विधान, नीति तथा कार्यक्रम र समसायिक प्रस्ताव पनी पारित गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण