गृहपृष्ठ » खेलकुद, मुख्य समाचारराष्ट्रिय लिगमा झापा र थ्री स्टार विजयी

राष्ट्रिय लिगमा झापा र थ्री स्टार विजयी

September 27, 2015३३८ पटक

काठमाडौं, असोज १० – राष्ट्रिय लिग फुटबलमा आइतबार भएका खेलमा थ्री स्टार क्लव र झापा ११ विजयी भएका छन् । झापाको सुरुङामा भएको खेलमा घरेलु टोली झापाले नेपाल पुलिस क्लवलाई २–० ले हरायो । झापाका लागि दुवै गोल कर्ण लिम्बुले गरे । जितपछि झापा १३ खेलबाट २४ अंक बटुल्दै लिगको शीर्ष स्थानमा छ ।

यस्तै ललितपुरको सातदोबाटोमा भएको खेलमा थ्री स्टारले सुदुरपश्चिम फुटवल क्लवलाई १–० ले हराएको छ । थ्री स्टारलाई जिताउन ओलावालेले गोल गरे । जितपछि थ्री स्टार ११ खेलबाट २२ अंकसहित तालिकाको दोश्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण