गुल्मीका बिद्यार्थी संगठनहरुले भारतका प्रधानमन्त्री मोदीको पुत्ला जलाए(फोटो फिचर )
गुल्मी, १० असोज ।।
भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीको बिरोधमा विद्यार्थी संगठनहरुले देशभर बिरोध प्रदर्शन गर्ने भएका छन । उनिहरुले आज कुनै सुधार नआए भोलि भारतीय राजदुतावास अगाडि विरोध प्रदर्शन गर्ने जनाएका छन ।
आज बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले दुतावास अगाडि तथा ७५ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको हो । यसै प्रसँगमा
भारतीय हस्तक्षेपको विरोधमा विद्यार्थी संगठनले संयुक्त रुपमा बिरोध जुलुसको आयोजना गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छ्न । बिद्यार्थी संगठनले आईतवार सदरमुकाम तम्घासमा बिरोध सभा गर्दै प्रधानमन्त्री नरेन्द« मोदीको पुत्ला जलाएका हुन ।
संविधान जारी गरिएपछि असन्तुस्ट भारतले अघोषित रुपमा लगाएको नाकावन्दी तथा अन्य राजनैतिक विषयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै अनेरास्ववियु, नेवि संघ, तथा अनेरास्ववियु क्रन्तिकारीले सयुक्त रुपमा भारतिय हस्तक्षेपको विरोध गरेका छन् । विद्यार्थिहरुले भारतीय हस्तक्षेप बन्द गर, नेपालको स्वभिमानको रक्षा गरौ, स्वतन्त्र नेपाल जिन्दावाद, नेपालको संविधान अमर रहोस, विद्यार्थी एकता जिन्दावाद लगाएतका नारा लगाउदै तम्घास बजार परिक्रमा गरि लाकुरीमञ्चमा पुगेर कोणसभा गरेका गरेका हुन ।
कोणसभामा बोल्दै अनेरास्ववियुका जिल्ला संयोजक राजेन्द« विक्रम कुवँरले भारतीय नाङ्गो हस्तक्षेपको बन्द गरि नेपाली स्वभिमानको रक्षा गर्न राजनितीक नेतृत्वलाई आग्रह गर्नुभयो ।
उँहाले नेपाल अहिले सम्म कसैको गुलाम नभएको र अव पनि नेपाललाई कसैले गुलाम बनाउन नसक्ने भन्दै भारतीय हस्तक्षेपको विरुद्ध सवै नेपाली एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रमा नेविसंघ गुल्मीका सभापती सुदर्शन खनाल,अनेरास्ववियु क्रन्तिकारीका कोषाध्यक्ष राजन घिमिरे लगायतले भारतिय हस्तक्षेपको कडा विरोध गर्दै नेपाली स्वभिमानको सम्मान गर्न र अन्तराष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेका छन् । भारतिय हस्तक्षेपको विरोध कार्यक्रममा उलेख्य संख्यामा विद्यार्थीहरु उपस्थित भएका थिए ।
