गृहपृष्ठ » मुख्य समाचार, समचारभारतीय सुरक्षाकर्मीद्वारा नेपाली ग्रामीण बस्तीमा ज्यादती

भारतीय सुरक्षाकर्मीद्वारा नेपाली ग्रामीण बस्तीमा ज्यादती

September 27, 2015१३३ पटक

कोहलपुर— चारदिन देखि भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले रुपैडिहा नाका हुँदै नेपालगन्ज भित्रिने सवारी साधन रोकेसँगै भारतसँगै सीमा जोडिएका ग्रामीण नाकामा समेत ज्यादती सुरु गरेको छ।
भारतीय स्थानीय बजारसँग किनमेल र आवतजावत गर्ने पुराना छोटी भन्सार रहेका नाका क्षेत्रमा नेपालीमाथि कुटपिट, अपशब्द र धम्की दिन थालेको छ। होलिया, गंगापुर, लक्ष्मणपुर,हिरमिनिया, मटैहिया, नरैनापुर, कालाँफाँटा र कटकुइँया क्षेत्रमा एसएसबीले नेपालीलाई दुःख दिन थालेको हो।

स्थानीयका अनुसार एसएसबीले भारतीय बजारसम्म जान नदिने, निहु खोज्ने, कुटपिट गर्ने र गालीगलौज जस्ता दुव्र्यवहार गरिरहेको छ। जिल्लाका पुराना छोटी भन्सार नाका हुँदै अहिलेपनि छिमेकी भारतीय बजारमा नेपालीहरु किनमेल र नाका प्रयोग गर्दै आवतजावत गर्छन्। भारतीय एसएसबीले एक साता यता आफ्नो क्षेत्रमा कडाइँ गर्दै नेपालीमाथि ज्यादती बढाएको हो। छोटी भन्सार रहेका नरैनापुर, भँघोटाना, खडैँचा, साईगाउँ, सुई बघौडा र भगवानपुर नाकामा एसएसबीले कडाई र नेपालीमाथि आक्रमण गर्न थालेको छ।

यो क्षेत्रमा नेपाली सुरक्षाकर्मी र प्रशासनको खासै चहलपहल छैन्। काँलाफाँटाका राजकुमार मौर्याले नरैनापुर हुँदै भारतीय नजिकाको बजार जमुनाह र घोरदौरियापुर जाँदा भारतीय नम्बरका गाडी र व्यक्तिलाई मात्र आवाजतवात गर्न दिएको बताए। ‘पहिला भारतीय बजारमा किनमेल गर्न जाँदा रोकावट र कडिकडाई थिएन्। केही दिनयता तनाव र यातना दिने गरेको छन्’, उनले भने ।

स्थानीयका अनुसार एसएसबी दशगजामा आएरै नेपालीमाथि जाइ लाग्छन् । भारतीय नम्बरका मोटरसाईकल र व्यक्ति भए सहजै जान दिने गरेको छन् । होलिया–८ खडैचाका राजकुमार शुक्लाले नजिकको जानकी र शुकबजार जान एसएसबीले दशगजामा आएर अवरोध गरेको बताए। ‘एसएसबीले नुन ल्याउन पनि कडाइ गरेको छ, गाली,गलौज, धम्की र हातपात गर्नु सामान्य भयो’, उनले भने,’एसएसबीको धम्की र ज्यादतीले धेरै नेपाली भारतीय बजार जान छोडे।’

उनीहरुका अपशब्द र गालीमा प्रतिवाद गर्ने नेपालीले कुटाई खाने गरेका छन्। एसएसबीले नेपालीका साईकल, किनमेल गरेका सरसामान कब्जामा लिने र फिर्ता नगर्ने गरेको स्थानीयको गुनासो छ। फत्तेपुर–७ का कयममहोमद मुकेरीले नजिकको भारतीय बजार जमुनाह, सराबस्ती जान एसएसबीले नेपालीलाई धम्काउने, डराउने र यातना दिने गरेको बताए।

एकपक्षीय रुपमा एसएसबीको कडाईले सीमा क्षेत्रका नेपाली क्रसित छन्। फत्तेपुर र गंगापुर क्षेत्रका नेपालीहरु भारतीय बजारै जान छोडेका छन्।

नेपाल भारत दशगजाको प्रत्येक दुईं दुई किलोमिटरको दुरीमा एसएसबीले क्याम्प खडा गरिबसेका छन्। ईलाका प्रहरी कार्यालय भवानीयापुरका इन्चार्ज प्रहरी निरीक्षक बसन्त शर्माले नाका क्षेत्रमा एसएबीको कडाई बढेको बताए। ‘विगतका भन्दा चेकजाँच र सुरक्षा अवस्था कडा गरेको पाएको छ’, उनले भने ।

नेपालतर्फका छोटी भन्सार बन्द भएको दशकौं भइसक्दा पनि सीमाका नेपाली किनमेल र आवतजावत गर्न यही नाका प्रयोग गर्छन् ।

बिहिबारदेखि रुपैडिहास्थित एसएसबी क्याम्पदेखि तीन किलोमिटर दुरीसम्म सवारी साधन लाईन लागेका छन्। यसै बेलामा अन्य नाकामा भारतीय सुरक्षाकर्मीको दुव्र्यवार बढेको छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण